सन्तान जन्मिए लिभिङ टुगेदर विवाह ठहर्छ : सर्वोच्च

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
११ बैशाख २०७१, बिहीबार १५:२५
काठमाडौं, ११ वैशाख । भारतको सर्वोच्च अदालतले लिभिङ टुगेदरमा रहेका जोडीले सन्तान लाभ गरे ति सन्तानलाई नाजायज भन्न नमिल्ने फैसला गरेको छ ।
अदालतले कुनै पुरुष र महिला लामो समयसम्म एक साथ रहन्छन् र उनीहरुले बच्चा पनि पाउँछन् भने उनीहरुले विवाह गरेको ठहरिने फैसला गरेको छ ।
सर्वोच्च अदालत न्यायाधिसहरु बीएस चौहान र जे चेलमेश्वरको संयुक्त इजलासले उक्त फैसला गरेको हो ।
पछिल्लो समय भारतमा पनि लिभिङ टुगेदरमा बस्ने जोडीको संख्यामा वृद्धि भएपछि कतिपयले यसलाई सामाजिक समस्या भन्दै आएका थिए ।
तर अदालतले यसलाई विवाहकै रुपमा लिनुपर्ने खालको फैसला गरेको हो । एजेन्सीको सहयोगमा
 

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, जेष्ठ ५, २०८१