बुढानीलकण्ठका सव–इन्जिनियर राईसहित २ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२५ पुष २०८०, बुधबार ०६:३७

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौंको बुढानीलकण्ठ नगरपालिकामा कार्यरत सव–इन्जिनियर टीकाराज राईसहित २ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।

घुस लिएको आरोपमा पक्राउ परेका राई र ठेकेदार रामचन्द्र सुनुवारविरुद्ध मंगलबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरिएको आयोगका सहायक प्रवक्ता देवीप्रसाद थपलियाले जानकारी दिनुभयो ।

थपलियाका अनुसार उनीहरूलाई गत मंसिर १४ गते अख्तियारको टोलीले रंगेहात पक्राउ गरेको थियो । घर निर्माण सम्पन्न भएको प्रमाणपत्र उपलब्ध गराए बापत सेवाग्राहीसँग ८० हजार रुपैयाँ घुस लिएको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको आयोगले जनाएको छ ।

राई र सुनुवारले आपसी मिलेमतोमा नक्सा संशोधन गरी घर निर्माण सम्पन्न प्रमाणपत्र उपलब्ध गराउने प्रयोजनार्थ घुस लिएको आयोगको दाबी छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, बैशाख १६, २०८१