श्रीमतीको हत्या गरी डेढ वर्षको छोरा सहित आत्मसमर्पण

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१६ कार्तिक २०७१, आईतवार १३:३७

काश पाक्साँवा, तेह्रथुम, १६ कार्तिक  । तेह्रथुमको म्याङ्लुङ नगरपालिका ५ मा शुक्रबार रातको १२ बजे श्रीमतीको हत्या गरी डेढ वर्षको छोरा साथमा लिई

एक पुरुषले प्रहरी कारागारमा आई कसुर कबुल गरेका छन् । ताप्लेजुङको फुङलिङ ७ स्थाई घर भई तेह्रथुमको म्याङलुङ नगरपालिका ५ बस्दै आएका ४५ वर्षीय दल बहादुर विश्वकर्माले आफनी श्रीमती ४० वर्षीया बिमला सार्कीको हत्या गरी प्रहरी कारागारमा आई कसुर कबुल गरेका हुन् । श्रीमतीको हत्यापछि हत्यामा प्रयोग गरिएको धारिलो हतियार खुर्पा बोकी आएका दल बहादुरले डेढ वर्षको छोरा समेत साथमा लिई आएका थिए । उनले आफैले श्रीमतीको हत्या गरी श्रीमतीको शवलाई भान्छा कोठामा साडीले छोपी राखी आएको छु भनी प्रहरीलाई बताएपछि जिल्ला कारागार तेह्रथुमबाट प्रहरी टोली घटनास्थल पुग्दा निजले भने अनुसार बिमलाको शव फेला पारेको थियो । विश्वकर्मालाई नियन्त्रणमा राखी कारवाहीकालागि अनुसन्धान प्रकृया अगाडि बढाईएको प्रहरीले जनाएको छ
source:aajakokhabar 

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, बैशाख २५, २०८१