पेट्रोलियम पदार्थमा ठगी गरेको पाइएपछि सशस्त्र प्रहरीको पेट्रोल पम्प सिल

mukunda500.dhungana@gmail.com' rastriyakhabar
३ कार्तिक २०८०, शुक्रबार ०६:२०

काठमाडौं । हल्चोकस्थित सशस्त्र प्रहरीको पेट्रोल पम्प सिल गरे भएको छ । उपभोक्तालाई कम परिमाणमा इन्धन विक्री गरेको भेटिएपछि आज (बुधबार) अनुगमन टोलीले पेट्रोल पम्पमा सिलबन्दी गरेको हो ।

 

अनुगमन टोलीमा प्रधानमन्त्री कार्यालयको सचिवालय, नेपाल आयल निगम, गुणस्तर तथा नापतौल विभाग र राष्ट्रिय सतर्कता केन्द्रका अधिकारीहरु थिए । सोही टोलीले हिजो तीनकुनेको गैरीगाउँस्थित रहेको बाबाभ्याली पेट्रोल पम्प पनि सिल गरेको थियो ।

पेट्रोलियम पदार्थमा ठगी भइरहेको व्यापक जन गुनासो आएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को निर्देशनमा विभिन्न निकायका अधिकारीहरुको टोलीले संयुक्त रुपमा अनुगमन थालेका छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, जेष्ठ ५, २०८१