विश्व शान्ति दिवसका अवसरमा श्री रत्न चुडेश्वर मन्दिरमा पुजा अर्चना सम्पन्न

evccfn@gmail.com' rastriyakhabar
४ आश्विन २०८०, बिहीबार १८:२५

काठमाडौं । नेपालको प्राचिन पुरातत्व विभागमा उल्लेखित धार्मिक तिर्थस्थलको रुपमा हेरिने काठमाडौं १६ बालाजु बाईसधारा उद्यान परिसरभित्र रहेको श्री रत्न चुडेश्वर महादेव मन्दिर परिसरमा विश्व शान्ति दिवसका अवसरमा नेपालमा बिभिन्न कालखण्डमा भएका प्राकृतिक प्रकोप तथा बिबिध कारणबाट दिवंगत हुनुभएका पितृ हरुको आत्माशान्तिको कामना गर्दै हवन गर्ने तथा श्री गणेशको पुजा अर्चना गर्ने कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रम जय शिव शम्भु सेवा समाज तथा श्री रत्न चुडेश्वर आश्रम ब्यवस्थापन समितिको आयोजनामा भएको हो भने कार्यक्रमको संरक्षकको रुपमा धर्म शिरोमणी स्वामी रामबाबा रहनुभएको थियो ।
कार्यक्रमको अवसरमा संचारकर्मी संग कुराकानि गर्दै स्वामि रामबाबाले बैदिकसनातन हिन्दुधर्ममा आस्था राख्नेहरु एकजुट भएर यसको संबद्र्धन ,प्रवर्धन र रक्षा गर्नु आजको आवश्यकता हो,धर्म निरपेक्षताको नाममा हिन्दुधर्म माथि भईरहेको अतिक्रमण र ज्यादती लाई रोक्दै हाम्रो धर्म संस्कृति र परम्परालाई जोगाएर विश्वमा एकमात्र हिन्दुराष्ट्र नेपाल हो भनेर परिचय दिन सक्ने आधार तयार गर्न हामि सनातन हिन्दुधर्मावलम्बिहरु एउटै मन्चमा उभिएर एकै श्वरमा ॐ कारको ध्वनि लाई गुन्जायमान गर्दै ,शंख र घण्टको हुंकारले ति बिकार तत्वहरुको कानलाई पवित्र गराउँदै हिन्दुधर्मको अमृत वाणिलाई पुर्याउनु हामि धार्मिक अभियन्ताहरुको कर्तब्य पनि हो, हजारौं बर्ष देखि मिलेर बसेको नेपाली समाजलाई दिनानुदिन बढ्दै गएको धर्म र जातको द्वन्दले बिखण्डन तिर धकेलिरहेको छ । यसलाई रोक्न हामिले यस्ता पुजा, पाठहरुमा सकृयता देखाउन पर्ने हुन्छ त्यसैले यो कार्यक्रम आयोजना गरिएको बताउनु भयो ।
कार्यक्रम बिहान ८ः०० बजेबाट शुरु भएर दिनभर नै चलेको थियो ।
कार्यक्रमको सहयोगी संस्थाहरुमा श्री रत्न चुडेश्वर रामायण भजन मण्डल,श्री शितलामाई भजन मण्डल,प्रगतिशिल नागरिक मन्च नेपाल, स्वतन्त्र नागरिक जनजागरण अभियान रहेका थिए ।
बालाजु आसपासका स्थानियहरुको उल्लेख्य उपस्थिति रहेको यो पुजा अर्चनामा बिभिन्न ब्यक्तित्वहरुले सहयोग समेत गर्नुभएको थियो ।
कार्यक्रमको ब्यवस्थापनको जिम्मा सामाजिक अभियन्ता मुकुन्द सिलवाल ले लिनुभएको थियो भने जय शिब शम्भु सेवा समाजका अध्यक्ष अर्जुन थापाले कार्यक्रमको संयोजन गर्नु भएको थियो ।
बिश्व शान्तिकै अवसर पारेर ग्रील तथा स्टील ब्यवसायी संघ काठमाडौं पश्चिम क्षेत्रका अध्यक्ष शैलेस ठकुरीको संयोजन तथा स्थानिय रविन्द्र कुमार श्रेष्ठ र बिकास बाबु श्रेष्ठको सहयोगमा श्री रत्.न चुडेश्वर महादेव मन्दिर परिसरमा करिब २५ फिट अग्लो त्रिशुल समेत राखिएको छ ।
यो मन्दिर बालाजु बाईसधारा उद्यान भित्र पर्ने भएकोले आम सर्वसाधारणको पहुँच भन्दा बाहिर भएको गुनासो पुजामा सहभागिहरुले गर्नु भएको थियो ।
स्थानिय सरकार संग सहकार्य गरेर मन्दिर आउने भक्तजनहरुको लागि एउटा छुट्टै ब्यवस्था गर्न सके यो मन्दिरको महत्व अझ बढ्ने धार्मिक अभियन्ताहरुको भनाई रहेको छ ।

 

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, बैशाख २५, २०८१