किवानिज इन्टरनेशनल नेपालको पाचौ कन्भेन्सनमा डा थपलिया अत्यधिक मतले भाईस गर्भनरमा विजयी

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१२ भाद्र २०८०, मंगलवार ०९:०४

भैरहवा। बालबालिकाको क्षेत्रमा काम गर्दै आएको किवानिज इन्टरनेशनल नेपालको २ दिने कन्भेन्सन भैरहवामा सम्पन्न भएको छ ।  शुक्रबारदेखि भैरहवामा सुरु भएको सम्मेलन शनिबार सम्पन्न भएको थियो  ।

कार्यक्रममा बाल्दै किवानिज इन्टरनेशनल नेपालका गर्भनर लक्ष्मण लम्साल नेपालमा भइरहेको कामको बारेमा जानकारी गराएका थिए । किवानिज इन्टरनेशनलका ASPAC Chair Ms. Belle Gracia ले  अन्य विकासोन्मुख देशहरु भन्दा नेपालमा किवानिजले बालकालिकाको क्षेत्रमा उत्साहप्रदरुपमा काम गरेकोमा आफू उत्साहित भएको बताईन  ।

किवानिज ईन्टरनेशनल नेपालको वर्ष २०२३ –२४  का लागी गर्भनरमा तीर्थ कुमार सिंह चयन भएका छन । सिंहले आगामी अक्टोबर १ देखि कार्यभार समाल्नुहुने छ  । त्यस्तै  गर्भनर इलेक्टमा कृष्ण प्रसाद ज्ञावाली र भाईस गर्भनरमा डा रामशरण थपलिया निर्बाचित हुनुभएको मिडिया संयोजक मुकुन्द ढुंगानाले बताउनुभयो ।

भाईस गर्भनरमा डा रामशरण थपलिया र दिपक शर्मा पौडेलको उम्मेदवार रहेको थियो । डा रामशरण थपलियाले १७१ भोटले सानदार बिजय हासिल गरेका थिए भने दिपक शर्मा पौडेलले ९७ मत प्राप्त गरेका थिए ।

सन् १९१५ मा अमेरिकाको मिचिकन डिट्रेट भन्ने सहरमा स्थापना भएको यो संस्थाले वालवालिका र शिक्षाको क्षेत्रमा काम गर्दै आएको छ । नेपालमा भने सन् २०१५ देखि किवानिज क्लव औपाचारिक रुपमा स्थापना भएको हो । नेपालमा पनि क्लवले विभिन्न विद्यालयमा वालवालिकाको क्षेत्रमा लक्षित विभिन्न कार्य गर्दै आईरहेको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, बैशाख २५, २०८१