विश्व कीर्तिमानी सौगात विष्टले रोजे मनास्लु वर्ड कलेज

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१५ श्रावण २०८०, सोमबार ०६:०१

काठमाडौं। कम उमेरमा फिल्म निर्देशन गरेर विश्व कीर्तिमानी राख्न सफल सौगात विष्ट कक्षा ११ अध्ययनका लागि मनास्लु वल्ड कलेजमा भर्ना भएका छन् । ७ वर्ष ३४० दिनको उमेरमा विश्व कीर्तिमानी राखेका विष्टले कानुन अध्ययनका लागि मनास्लु वल्ड कलेज रोजेका हुन् ।

प्रिन्सिपल राजन श्रेष्ठले बताएअनुसार विष्टलाई कलेजले कक्षा ११ र १२ अध्ययनका लागि पूर्ण छात्रवृत्ति प्रदान गरेको छ । विष्टले सबैभन्दा कम उमेरमा ‘लभ य्ु बाबा’ चलचित्र निर्देशन गरेर विश्व कीर्तिमानी राखेका थिए ।

मनास्लु वल्ड कलेजले जेहेन्दार तथा विभिन्न अतिरिक्त क्रियाकलापका क्षेत्रहरु खेलकुद, गायन, नृत्य तथा विभिन्न फरक क्षमताका विद्यार्थीहरुलाई स्थापनाकालदेखि नै ५० प्रतिशतदेखि पूर्ण छात्रवृत्ति प्रदान गर्दै आएको छ ।

अध्यक्ष गेहेन्द्र लामाले विभिन्न विधामा अब्बल तथा क्षमतावान विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरेर विभिन्न क्षेत्रमा सफल नेतृत्व उत्पादन गर्ने कलेजको मुख्य उद्देश्य रहेको बताए । मनास्लु वर्ड कलेजमा विज्ञान, व्यवस्थापन, कानुन तथा मानविकी संकायमा अध्ययन अध्यापन गराइन्छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, बैशाख २५, २०८१