हवाई टिकटमा भ्याट लगाउने निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्चको अल्पकालीन अन्तरिम आदेश

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१५ श्रावण २०८०, सोमबार ०५:५९

काठमाडौं। सर्वोच्च अदालतले हवाई टिकटमा मूल्य अभिवृद्धि कर लगाउने निर्णय कार्यान्वयन नगर्न सरकारका नाममा अल्पकालिन अन्तरिम आदेश दिएको छ ।

आइतबार सर्वोच्चका न्यायाधीश अनिलकुमार सिन्हाको एकल इजलासले हवाइ टिकटमा भ्याट लगाउने सरकारको निर्णयविरुद्ध नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) ले दायर गरेको रिटमा अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो ।

सर्वोच्चले अल्पकालिन अन्तरिम आदेश जारी गर्दै यससम्बन्धमा के कसो भएको हो भन्ने बारेमा दुबै पक्षलाई पक्षलाई छलफलका लागि बोलाएको छ ।

नाट्टाले हवाई टिकटमा भ्याट लगाउने सरकारको निर्णय गैरकानुनी र अव्यवहारिक भएको भन्दै यसले नेपालको पर्यटन उद्योगलाई थप संकटमा पार्ने जिकिर गर्दै उत्प्रेषणक आदेशले बदर गर्न माग गरेको थियो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, बैशाख २५, २०८१