डिन जोशीको लाईसेन्स छानबिनको माग गर्दै परिषद्मा उजुरी

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१५ श्रावण २०८०, सोमबार ०५:५६

काठमाडौं । इन्जिनियरिङ्ग अध्ययन संस्थानका डिन शशीधर राम जोशीको लाईसेन्स छानविनको माग गर्दै नेपाल ईन्जिनियरिङ परिषद्मा उजुरी परेको छ ।

नेपाल इन्जिनियरिङ परिषद् ऐनमा व्यवस्था अनुरूप इन्जिनियरिङ्ग विषयको अध्ययन अध्यापन गर्न गराउन अघि परिषदबाट अनिवार्य रूपमा इन्जिनियरि लाईसेन्स लिनुपर्ने व्यवस्था भएपछि डिन जोशीसँग लाईसेन्सनै नभएको उजुरीमा भनिएको छ ।

नेपाल इन्जिनियरिङ परिषद् ऐनअनुसार डिन हुनका लागि जोशीको योयता नपुगेको भन्दै उनको लाईसेन्सका बारेमा सत्यतथ्य छानविन गरी यथाशीघ्र कारबाहीको माग गरिएको छ ।
नेपाल इंजिनियर एसोसियनलाई बोधार्थ गरी नेपाल ईन्जिनियरिङ परिषदमा दर्ता गरिएको उक्त उजुरीको दर्ता नं.२६ रहेको छ ।

यस विषयमा गत असार १७ गते रिपोर्टर्स नेपाल डट कमले ‘इन्जिनियरिङ्ग अध्ययन संस्थानका डिन जोशीसँग नै छैन लाइसेन्स’ शीर्षकको समाचार प्रकाशन गरेको थियो ।

इन्जिनियरिङ्ग अध्ययन संस्थानका डिन जोशीसँग नै छैन लाइसेन्स

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, बैशाख २६, २०८१