एक्जिटो एजुकेसन, अष्ट्रेलियाद्वारा सिङ्गापुरमा आयोजित ‘एक्जिटो इन्टरनेशनल एक्सिलेन्स अवार्ड २०२३’ सम्पन्न

mukunda500.dhungana@gmail.com' rastriyakhabar
७ श्रावण २०८०, आईतवार ०५:२७

एक्जिटो एजुकेसन, अष्ट्रेलियाको आयोजना, एक्जिटो इभेन्ट्सको ब्यबस्थापन तथा अनुजा मिडिया नेपालको सम्योजनमा सिङ्गापुरमा सम्पन्न कार्यक्रममा शिक्षा क्षेत्रमा योगदान दिएका ३३ जना स्कुल सन्चालक तथा स्कुलहरुलाई ‘एक्जिटो इन्टरनेशनल एक्सिलेन्स अवार्ड २०२३’ द्वारा सम्मानित गरेको छ ।

सिङ्गापुरमा आयोजित विशेष कार्यक्रममा प्रमुख अतिथि रहेका लिंकन युनिभर्सिटीका प्रो- चान्सलर प्रोफेसर दातुक डाक्टर हज्जा बीबी फेलिरना अब्दुलहा र एक्जिटो एजुकेसनका निर्देशक सचेत वीदीजनले संयुक्त रुपमा अवार्ड प्रदान गरेका हुन् ।

कार्यक्रममा नेपालभरिबाट छनोटमा परेका विभिन्न स्कुल, कलेज, तथा स्कुल/ कलेज सन्चालक तथा प्रिन्सिपलहरुले शिक्षा क्षेत्रको विकासमा पुर्याएको विशिष्ट योगदानलाई कदर गर्दै उक्त अन्तरराष्ट्रिय अवार्ड प्रदान गरेको हो ।

कार्यक्रममा एभरेष्ट ईंग्लिश स्कुल भक्तपुरका प्रिन्सिपल भक्त राजभण्डारी र रिलाएन्स ईंग्लिश स्कुल हेटौंडाका प्रिन्सिपल केशवलाल श्रेष्ठलाई ‘लाईफटाईम अचिवमेन्ट अवार्ड’द्वारा सम्मानित गरियो । त्यसैगरी समृद्धी स्कुल तथा कलेजका प्रिन्सिपल नरेश प्रसाद श्रेष्ठलाई ‘मोस्ट इन्नोभेटिव प्रिन्सिपल अफ द इयर अवार्ड’ , नवरत्न ईंग्लिश स्कुल भक्तपुरका प्रिन्सिपल सुरेन्द्र तुबन्जा श्रेष्ठलाई ‘मोस्ट इन्नोभेटिव एडुकेसनिस्ट अफ द इयर अवार्ड’, अमर आदर्श बोर्डिङ स्कूलका सञ्चालक अध्यक्ष विजयराज पन्तलाई डाइनामिक एजुकेसन लिडर अवार्ड, रामजानकी स्कुल बाँकेका दिनेश सिग्देललाई ‘एजुकेसन पायोनियर अवार्ड’, अरनिको आवासिय सेकेण्डरी स्कुल/ कलेज बिराट्नगरबाट राजेश कार्कीलाई ‘बेस्ट +२ कलेज अवार्ड’, केल्पाल हस्पिटल एन्ड कलेजबाट रेबती सिंहलाई ‘बेस्ट टेकनिकल कलेज अवार्ड’ र कैलाली मोडेल सेकेण्डरी स्कुलबाट तपेन्द्र बहादुर सिंहलाई ‘इन्नोभेटिव +२ कलेज अवार्ड’ प्रदान गरिएको थियो ।

उक्त कार्यक्रममा सिद्धार्थ सेकेन्डरी स्कुल, मोरङका प्रिन्सिपल अर्जुन बस्नेतलाई ‘बेस्ट प्रिन्सिपल अवार्ड’ प्रदान गरिएको थियो । त्यसैगरी मालिका ईंग्लिश स्कुल धनगढीका प्रिन्सिपल सिबी चन्द, आदर्श ईंग्लिश स्कुल कुश्माका प्रिन्सिपल हिम बहादुर पौडेल, होली केयर ईंग्लिश स्कुल नवलपरासीका प्रिन्सिपल ईन्द्र गुरुङ , हाइड एन्ड सीक किन्डरगार्टन काठमाडौंकि प्रिन्सिपल कुमुद छत्कुली भट्ट, एबिसि स्कुल, नेपालगन्जकि प्रिन्सिपल शशी श्वार्, जीवन ज्योती स्कुल, बिरगंजका प्रिन्सिपल शिव कुमार गुप्ताले ‘बेस्ट प्रिन्सिपल अवार्ड’ प्राप्त गरे ।

त्यस्तै ‘बेस्ट स्कुल अवार्ड’ एक्सिस बिद्याश्रम स्कुल धनगढीबाट अनिता पन्त, ब्राइट फ्युचर सेकेण्डरी स्कुल, मोरङ बाट टीकाराम ढकाल, महेन्द्र मेमोरियल एकेडेमी सुनसरीबाट निस्चल राज शाक्य, मोडर्न बोर्डइङ सेकेण्डरी स्कुल भक्तपुरबाट राजन कसपाल, मोनास्टिक स्कुल, जनकपुरबाट डाक्टर सोनु कुमार , नाइटीङगेल सेकेण्डरी स्कुल ललितपुरबाट रन्जना प्रधान र भ्याली पब्लिक स्कुल, काठमाडौंबाट मोती प्रसाद अधिकारीले प्राप्त गरे ।

कार्यक्रममा ज्ञान ज्योती एजुकेसनल एकेडेमी, दाङ घोरहीका प्रिन्सिपल बिरेन्द्र चन्द, सिद्धपाइला ईंग्लिश मिडियम सेकेण्डरी स्कुल, सुर्खेतका प्रिन्सिपल नैन सिंह खत्री, ब्लूमिङ बड्स स्कुल, नवलपुरका प्रिन्सिपल सन्तोश रौनियार, स्प्रीङडेल एकेडेमी नेपालगन्जका प्रिन्सिपल सरद चन्द्र रावल र न्यू शिशु ईंग्लिश बोर्डइङ स्कुल कपिलवस्तुका प्रिन्सिपल शिव प्रसाद गैरेले ‘इन्नोभेटिव प्रिन्सिपल ‘अवार्ड प्राप्त गरे ।

‘इन्नोभेटिव स्कुल अवार्ड’ काठमाडौंको भद्रकाली ईंग्लिश मिडियम स्कुलबाट अनिता थापा, चितवनको ग्रीन ल्यान्ड पब्लिक स्कुलबाट इन्दिरा पन्त कार्कि , कपिलवस्तुको हथौसा लिटल स्टार स्कुलबाट सुन्दर पान्डे, रौतहटको होलीभिजन एकेडेमीबाट के. बी. थापा, रामेछापको केब्स स्कुलबाट केशव प्रसाद तिमल्सिना र भक्तपुरको मदरल्यान्ड स्कुलबाट सन्जय खड्काले प्राप्त गरे ।

अष्ट्रेलियामा केन्द्रीय कार्यालय रही विश्वको विभिन्न राष्ट्रहरूमा शैक्षीक कार्यक्रम सञ्चालन गर्दै आएको एक्जिटो एजुकेसनका निर्देशक सचेत वीदीजनले एक्जिटोले सर्वे गरेका लगभग ५०० बिद्यालयहरु मध्येबाट ३३ वटा बिद्यालय तथा बिद्यालय सन्चालकहरुलाई शिक्षा क्षेत्रको विकासमा उलेख्य योगदान पुर्याएका ३३ वटा स्कुल / कलेज तथा स्कुल सन्चालकहरुलाई छनोट गरी सम्मान गरिएको बताए ।

कार्यक्रम संयोजक तथा अनुजा मिडियाकी अध्यक्ष अनुजा आचार्य ले आगामी सन्स्करणहरु क्रमश अष्ट्रेलिया तथा लन्डनमा आयोजना गरिने जानकारी गराईन ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, बैशाख २६, २०८१