नेपालगन्जबाट हुम्लाका लागि उडेको जहाजमा चरा ठोक्कियो

suman100@gmail.com' suman basnet
२१ मंसिर २०७९, बुधबार १५:४४

नेपालगन्जबाट हुम्लाका लागि उडेको तारा एयरको जहाजमा चरा ठोक्किएको छ। हुम्लाको अदानचुली गाउँपालिकाको मुने लेकनजिकै कार्गो जहाजमा चिल ठोक्किएको तारा एयरले जनाएको छ।

दिउँसो करिब १ बजेतिर जहाजमा चरा ठोक्किँदा जहाजको अगाडिपट्टिको भागमा क्षति भएको छ। यद्यपि, जहाजमा सवारहरू भने सकुशल सिमकोट विमानस्थल अवतरण गरेका बताइएको छ। जहाजमा पाइलट, को-पाइलट र एयरहोस्टेजसहित तीनजना सवार थिए।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, जेष्ठ ५, २०८१