नेपाल समूहले घोषणा गर्‍यो चौथो चरणको आन्दोलन

mukunda500.dhungana@gmail.com' rastriyakhabar
३ फाल्गुन २०७७, सोमबार ०४:५६

काठमाडौँ।  नेकपाको प्रचण्ड-नेपाल समूहले चौथो चरणको आन्दोलन घोषणा गरेको छ। आज पेरिसडाँडामा पत्रकार सम्मेलन गर्दै चौथो चरणमा आन्दोलनका कार्यक्रम ल्याएको हो।

जसअन्तर्गत काठमाडौँमा मानव साङ्लो बनाउनेदेखि विभिन्न सिर्जनात्मक विरोधका कार्यक्रम गर्ने पत्रकार सम्मेलनमा प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए ।

फागुन ५ देखि १२ गतेसम्म जिल्लामा विरोध प्रदर्शन गर्ने कार्यक्रम छ। फागुन ६ गते काठमाडौंको टुँडिखेल वरपर मानव साङ्लो बनाएर विरोध गर्ने कार्यक्रम रहेको उनले बताए।

फागुन ७ मा सबै वडामा विरोध गर्ने उनले जानकारी दिए। फागुन ७ देखि १५ गतेसम्म सार्वजनिक स्थलहरूमा हस्ताक्षर संकलन गर्ने उनले बताए।

पुस ५ प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेपछि प्रचण्ड-नेपाल पक्ष आन्दोलनमा छ। उसले गत माघ २८ मा काठमाडौँमा प्रदर्शन गरेको थियो।

काठमाडौँबाहिर प्रदेश १ को विराटनगर, बुटवल, सुर्खेत र धनगढीमा पनि प्रदर्शन र विरोध भएको थियो। यी कार्यक्रममा पार्टीका नेतृत्वले सम्बोधन गरेको नेकपाको उक्त समूहले जनाएको छ।

हेर्नुहोस् विज्ञप्ति

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, बैशाख २५, २०८१