नियमित एजेण्डामा छलफल, अध्यादेश फिर्ताबारे कुरै भएन

mukunda500.dhungana@gmail.com' rastriyakhabar
३ पुष २०७७, शुक्रबार ०४:५०

काठमाडौँ। प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठक सकिएको छ ।

बैठकमा मंगलबार सरकारको सिफारिसमा राष्ट्रपतिद्वारा जारी संवैधानिक परिषद् सम्बन्धी अध्यादेश फिर्ता हुने अपेक्षा गरिएको थियो । तर अध्यादेश फिर्ताबारे कुनै छलफल नभएको एक मन्त्रीले बताए ।

उनका अनुसार मंगलबार अध्यादेश जारी गर्दा पनि अन्य मन्त्रीहरुलाई थाहा नदिइएको र आज पनि सो विषयमा कुनै छलफल नभएको बताए ।

उनले बैठकमा विभिन्न मन्त्रालयहरूका नियमित एजेन्डाहरू बाहेकका विषयमा केही पनि छलफल र निर्णय नभएको जानकारी दिए ।

मन्त्रिपरषदमा छलफल नै नगरी जारी भएको अध्यादेश फिर्ता लिन पनि मन्त्रीहरूलाई जानकारी नदिई गर्न सकिने उनको भनाइ थियो ।

सरकारले संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकारी र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) अध्यादेश मंगलबारी जारी गरेको थियो ।

चौतर्फी विरोध भएपछि प्रधानम्नत्री बुधबारको नेकपा स्थायी कमिटी बैठकले अध्यादेश फिर्ता लिने निर्णय गरेको थियो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, बैशाख २६, २०८१