‘अध्यादेश फिर्ता र राष्ट्रपतिलाई बुझाएको पत्र फिर्ताबाहेक कुनै सहमति भएको छैन’

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२ पुष २०७७, बिहीबार ०५:११

काठमाडौँ– सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले अध्यादेश फिर्ता र राष्ट्रपतिलाई बुझाएको पत्र फिर्ताबाहेक कुनै सहमति नभएको जनाएको छ ।

दुईजना अध्यक्षबीच सरकारद्वारा ल्याइएको अध्यादेश फिर्ता गर्ने र संसदको विशेष अधिवेशन बोलाउन राष्ट्रपतिलाई बुझाइएको पत्र फिर्ता गर्नेबाहेक कुनै सहमति नभएको सचिवालयले जनाएको छ ।

प्रचण्डकी स्वकीय सचिवसमेत रहेकी छोरी गंगा दाहालले सामाजिक सञ्जालमार्फत दुई विषयमा मात्र सहमति भएको उल्लेख गरेकी छन् ।

दुवै अध्यक्षले पेस गरेका आरोपपत्र फिर्ता गर्ने सहमति भएको समाचार बाहिरिएपछि प्रचण्डको सचिवालयले अध्यक्षहरुबीच दुई विषयमा मात्र सहमति भएको जनाएको हो ।

नेकपा बरिष्ठ नेता झलनाथ खनालले पनि सरकारले ल्याएको अध्यादेश फिर्ता र संसद् बोलाउने प्रस्तावबाहेक कुनै पनि सहमति नभएको बताए । नेता खनालले अरु विषयमा आगामी स्थायी कमिटी बैठकमा छलफल हुने बताए।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख २७, २०८१