ओली–प्रचण्डबीच दुई बुँदे सहमति, ‘प्रतिवेदन’ छलफलमै

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२ पुष २०७७, बिहीबार ०५:०४

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच दुई बुँदे सहमति भएको छ ।

स्थायी समिति बैठक बस्नुअघि दुई अध्यक्षबीच भएको सहमतिपछि स्थायी समिति बैठकमा दुवै अध्यक्ष सहभागी भएका थिए ।

नेकपाका महासचिव विष्णु पौडेलले दुई अध्यक्षबीच दुई विषयमा मात्र सहमति भएको स्पष्ट पारेका छन् । त्यसबाहेक अन्य सहमति नभएको महासचिव पौडेलले बताए ।

दुई अध्यक्षबीच सरकारले ल्याएको संवैधानिक परिषद सम्वन्धी अध्यादेश फिर्ता लिने र संसदको विशेष अधिवेशन बोलाउन राष्ट्रपतिलाई बुझाइएको पत्र फिर्ता लिने विषयमा सहमति भएको छ ।

दुवै अध्यक्षले प्रस्तुत गरेका प्रतिवेदनहरु फिर्ता भएको छैन । ती प्रतिवेदनहरुमाथि पुस ५ गते हुने स्थायी समिति बैठकमा छलफल हुनेछ ।

दुई अध्यक्षबीचमा स्थायी समिति बैठक ५ गते राख्ने र ५ गते बोलाइएको केन्द्रीय समिति बैठक पुस १० गतेसम्मका लागि स्थगित गर्ने सहमति पनि भएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख २७, २०८१