खुमलटारको निष्कर्ष: ओलीको अलोकतान्त्रिक कदममा राष्ट्रपतिको पनि संलग्नता !

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१ पुष २०७७, बुधबार ०४:३५

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित बहुमत सचिवालय सदस्यले प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यादेश ल्याउनु आपत्तिजनक भएको निष्कर्ष निकालेका छन् ।

प्रचण्ड निवास खुमलटारमा बसेको बहुमत सदस्यको अनौपचारिक छलफलले प्रधानमन्त्री ओलीको कदम गम्भीर र अलोकतान्त्रिक भएको निष्कर्ष निकालेको एक सचिवालय सदस्यले बताएका छन् । नेकपा वरिष्ठ नेता झलनाथ खनालले सरकारको अलोकतान्त्रिक कदमका विषयमा आज  बस्ने स्थायी कमिटी बैठकमा छलफल हुने जानकारी दिए ।

छलफलमा अध्यक्ष प्रचण्डसहित वरिष्ठ नेताद्वय खनाल र माधव कुमार नेपाल, उपाध्यक्ष बामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाश सहभागी थिए । छलफलमा सहभागी नेताले ओलीको अलोकतान्त्रिक कदममा राष्ट्रपतिको पनि संलग्नता देखिएको बताएका छन् ।

उनले भने, ‘उहाँले केही मिनेट पनि नरोकेर पहिले विवाद आएर फिर्ता भएको अध्यादेश जारी गर्नु गलत काम हो । ओलीजीको अलोकतान्त्रिक कदममा राष्ट्रपति भण्डारीको पनि संलग्नता छ । राष्ट्रपति गुटको नेता बन्न पुग्नुभयो ।’ नेकपा स्थायी कमिटी बैठक आज बस्दैछ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख २७, २०८१