प्रधानमन्त्री ओलीद्वारा संवैधानिक परिषद्को बैठक आव्हान

mukunda500.dhungana@gmail.com' rastriyakhabar
३० मंसिर २०७७, मंगलवार ०५:१६

काठमाडौं । पार्टी भित्र विवाद कायमै रहेको बेला प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले संवैधानिक परिषद्को बैठक आव्हान गरेका छन् । आइतवार बस्ने भनिएको बैठकमा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा अनुपस्थित रहने जानकारी पछि बैठक मंगलबार बिहानका लागि सारिएको हो ।

संवैधानिक नियुक्तिबारे प्रम ओलीको सभापति देउवासँग छलफल भएपछि उनी बैठकमा सहभागी हुने भएका हुन् । पार्टीमा छलफल बिनै प्रधानमन्त्री ओलीले बैठक डाकेको नेकपा सम्बद्ध स्रोतले जनाएको छ ।

नेकपामा संवैधानिक नियुक्तका बिषयमा पनि विवाद रहेको छ । पार्टी भित्र छलफल गरेर संवैधानिक नियुक्ती गर्नुपर्ने सचिवालय र स्थायी समितिका नेताहरुको धारणा रहेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग, निर्वाचन आयोग लगायत आयोगहरुमा ४५ पद रिक्त छन् ।

विगतमा राजदूत नियुक्तीमा पनि प्रधानमन्त्रीले पार्टीमा छलफल नगरी एकल निर्णय गरेको भन्दै आलोचना भएको थियो । नेकपाको स्थायी समितिको बैठक चलिरहेको रहेको छ । आगामी बैठक पुष १ गते बस्ने भएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, बैशाख २६, २०८१