को हुन् दीप बस्न्यात ?

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२९ मंसिर २०७७, सोमबार ०६:०५

साविक खोटाङ जिल्लाको बतासे (छोरम्बु गा.वि.स.) हाल दिप्रुङ चुइचुम्बा गाउ“पालिका वडा नम्वर ३ मा २००६ सालमा जन्मिएका हुन् दीप बस्न्यात । पाँच दाजुभाई र दुई दिदी बहिनीमध्ये बस्न्यात साईला हुन् । भलै सानै उमेरमा उनीहरुलाई पिताले उदयपुर स्थानान्तरण गराए । उनमा एक पारिवारिक सदस्यका अनुसार नागरिकतामा भने बस्न्यातको जन्म २००९ साल उल्लेख छ । त्यसैले उनले सरकारी सेवामा चार वर्ष धेरै जागिर खाए ।

काठामाडैंको फर्पिङमा खप्तडी बस्नेतहरुको कुल घर बनाउने भनेर जग्गा खरिद गरिएको थियो । कुल घरलाई दिन्छु भनेर बस्न्यातले पनि त्यहा“ जग्गा खरिद गरेका थिए । तर, खरिद गरेको केही समयपछि नै तेब्बर मूल्य पाउने भएपछि कुल घरलाई दिन भनेर किनेको जग्गा समेत उनले नाफामा बिक्री गरे । बस्न्यातका दुई छोरी र एक छोरा छन् ।

बस्न्यातको घरभित्र पा“च तारे होटलको भन्दा बढी अस्वभाविक ‘डेकोरेसन’ छ । तर, प्रचारमा आए जस्तै सुनले मोरेका सोफा भने छैनन् । बस्न्यायतले खोटाङबाटै एसएलसी पास गरेका हुन् । एसएलसी गरेपछि ०२४÷०२५ सालमा एक वर्ष गाउ“मै शिक्षण गरे । यसपछि उनी काठमाडौं छिरे । सुरुमा होटल सोल्टीको क्यासिएर भएर काम गरे । त्यसपछि कृषि बिकास बैंकमा करार कर्मचारी भए । अनि सरकारी सहकारीमा एक वर्ष तराजु बोकेर युरिया मल बेचे ।

०३१ सालतिर बस्न्यात लोकसेवा आयोगबाट अधिकृतमा नाम निकालेर सरकारी सेवामा प्रवेश गरेका हुन् । त्यसपछि उनले जीवनमा कहिल्यै पछाडी फर्केर हेर्नुपरेन । उनका समवयी एकजना सचिवका अनुसार लोकसेवाबाट अधिकृतमा नाम निकालेलगत्तै बस्न्यात सडक डिभिजन कार्यालय कोहलपुर–बनबासाको बडालेखापाल भए । उनी भन्छन्, ‘बस्न्यातजीले जीवनभर कमाउ धन्दाका अड्डामा मात्र काम गरेर कमाउनुसम्म कमाए । अहिले त्यसैको पाप करायो ।’

वनबासापछि उनी झापा दमकको सडकमा बडा लेखापाल भए । यसपछि ताप्लेजुङ मालपोत अधिकृत, सिरहा लाहानको मालपोत अधिकृत, झापा मालपोत अधिकृत, काठमाडौं विमानस्थल प्रमुख, भन्सार विभागको उपमहानिर्देशक, गृह मन्त्रालयको उपसचिव, अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सहसचिव, सूचना विभागको महानिर्देशक, कलकत्ताको महावाणिज्य दूत, श्रम विभागको महानिर्देशक, आन्तरिक राजश्व, भन्सार राजश्व कार्यालयको महानिर्देशक, पूर्वाञ्चल क्षेत्रीय प्रशासक, नेपाल सरकारको सचिव, अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आयुक्त हु“दै प्रमुख आयुक्तसम्म भए । पदमा हु“दा बस्न्यातले आफन्त दाजुभाइलाई समेत खासै मतलव गर्दैनथ्ये । भलै, पछिल्लो समय अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख भएपछि भने आफूभन्दा तलको का“इलो भाई नरेन्द्र बस्न्यातलाई बाग्मती सुधार उच्चस्तरीय आयोगको प्रमुख बनाएका थिए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, बैशाख २६, २०८१