स्थायी समिति बैठकमा प्रचण्डले भने, ‘प्रवक्ताबारे भ्रम फैलाइयो’

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२९ मंसिर २०७७, सोमबार ०५:३९

काठमाडौं । सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीका प्रवक्ता तथा राष्ट्रियसभा सदस्य नारायणकाजी श्रेष्ठका विषमा भ्रम फैलाइएको बताएका छन् । भर्खरै सकिएको नेकपाको स्थायी समिति बैठकमा प्रचण्डले यस्तो बताएका हुन् ।

बैठकपछि पत्रकारसँग कुरागर्दै नेकपा प्रवक्ता श्रेष्ठले प्रवक्ताका विषयमा सुनियोजित भ्रम फैलाइएकोले भ्रममा नपर्न प्रचण्डले आग्रह गरेका बताएका छन् ।

आजको बैठक पार्टीका केन्द्रीय सदस्य कमानसिंह लामाको निधनमा शोक प्रस्ताव पारित गर्दै सकिएको हो ।

मंसिर २१ गते बसेको बैठकमा भने दुई अध्यक्षका प्रतिवेदन र विभिन्न पत्र अध्ययनका लागि वितरण गरिएको थियो । आगामी बैठकबाट स्थायी कमिटी सदस्यहरुले बोल्ने कार्यक्रम तय हुनेछ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, बैशाख २६, २०८१