पार्टीमा देखिएका समस्या समाधान गर्नसक्ने तागत कम्युनिष्ट पार्टी भित्रै छ : प्रचण्ड

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२८ मंसिर २०७७, आईतवार ०४:५५

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीमा देर्खिएका चुनौती र समस्या समाधान गर्न सक्ने तागत पार्टीमै रहेको बताएका छन् ।

पार्टी पद्दतिका लागि बहस, छलफल भइरहेको भन्दै प्रचण्डले पार्टीभित्र देखिएका समस्या समाधान अरु कसैले गर्न नसक्ने स्पष्ट पारेका हुन् ।

नेपाली कांग्रेस परित्याग गरी नेकपामा प्रवेश गर्नेहरुलाई स्वागत गर्न आयोजित कार्यक्रममा बोल्दै प्रचण्डले भने, ‘अघि बढ्ने बेलामा कहिलेकाहिँ चुनौति आउँछन्, तर पनि ती समस्या समाधान गर्न सक्ने तागत कम्युनिष्ट पार्टी भित्रै छ । मुलुकलाई समाजवादतर्फ उन्मुख राज्यको दायित्व पनि कम्युनिष्टकै काँधमा छ ।’

उनले पार्टीभित्र चल्ने बहस, छलफल पनि कस्तो आर्थिक नीति हुने, कस्तो राजनीतिक मान्यता अवलम्बन गर्दै जाने, कस्तो आचारसंहिता पालन गर्दै जाने, कस्तो विधि विधान र पद्दति हामीले स्थापित गर्ने भन्ने कुरा नै रहेको उनले स्पष्ट पारेका छन् ।

संघीय लोकतन्त्रिक गणतन्त्रलाई सदृढ बनाउँदै देशमा आर्थिक विकास र समृद्धिको नयाँ यात्रातर्फ अघि बढ्दै जानुको विकल्प नरहेको भन्दै उनले देशमा परिवर्तन ल्याउने शक्ति कम्युनिष्ट भएकाले यसको रक्षाका लागि सबै लाग्नुपर्ने बताए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, बैशाख २६, २०८१