गेस्टहाउसको खाट मुनि युबतिको लास…

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२ आश्विन २०७१, बिहीबार १६:०१

सुनसरी, असोज २ – सुनसरीको इटहरीस्थित अरुण गेष्ट हाउसमा गेष्टको रुपमा आएका एक युवकले सँगै आएकी युवतीको हत्या गरी फरार भएका छन् ।



 बिहिबार बिहान गेष्टहाउस भित्रको कोठा नं ९ स्थित बक्स पलङ्ग भित्र कोचिएर राखिएको अवस्थामा युवतीको शव बरामद भएपछि सो युवतीको हत्या भएको प्रहरीले पुष्टी गरेको हो ।

 भदौ २९ गते राती गेष्टहाउसमा आएका दुईमध्ये युवकले आफ्नो नाम बिनोद साही र ठेगाना भोजपुर लेखाएर कोठा बुक गराएको इटरी प्रहरीले जनाएको छ ।

युवक भोली पल्ट नै कोठा छोडी फरार भएको प्रहरीबाट बुझिएको छ । बिहीबार बिहान कोठा साफ गर्ने क्रममा गनाएपछि प्रहरीलाई खबर गर्दा युवतीको कोठा भित्र रहेको बक्स पलङ्ग भित्र कोचिएको अवस्थामा शव फेला परेको इटहरी प्रहरीका प्रहरी निरिक्षक कुन्दन देवले बताए ।

युवतीको मुखबाट रगत निस्किएको अवस्था रहेको र अनुहार पनि बिग्रिएको अवस्थामा रहेका कारण सोही युवकले हत्या गरेर फरार भएको हुन सक्ने प्रहरी निरिक्षक देवले बताए ।

सो युवतीको शवलाई थप अनुसन्धानका लागि बिहीबार बिहान पोष्टमार्टमका लागि धरान स्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, बैशाख २५, २०८१