द्घन्दकालमा क्षति भएका गाविस भवन अझै निर्माण भएनन्

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२ आश्विन २०७१, बिहीबार १५:२९

सम्राट सिंह /बझाङ २ असोज ।
शसस्त्र द्घन्दकालमा तत्कालिन नेकपा माओवादीेले भत्काएका जिल्लाका गाविस भवनहरु अझै पुनः निर्माण हुन सकेका छैनन् । झण्डै २ दर्जन गाविस भवनहरु पुनः निर्माण नहुँदा गाविस का कर्मचारी तथा सेवाग्राहीहरु मर्काका परेका छन । unnamed
जिल्लामा रहेका ३६ वटा गाविस भवन कोही द्घन्दकालमा माओवादी भत्काएका थिए भने केही भवन जीर्ण हुँदा आफै भत्किएका थिए ।
देशमा शान्ति स्थापना भएपछि १६ वटा गाविस भवनहरु शान्ति तथा पुनःनिर्माण मन्त्रालयको सहयोगमा निर्माण भएका थिए । द्घन्दकालमा क्षती भएका २० वटा गाविस भवनहरु अझै निर्माण हुन बाँकी रहेको छ । गाविस भवन नहुदा गाविसको कार्यालय भाडाको घरमा संञ्चालन गर्नु परेको छ ।
दौलीचौर,दाँतोला, व्यासी, चौधारी, लामातोला, पाटादेवल, बाँज, भातेखोला, सुवेडा, देउलेक, स्याडी, दहवगर, रिठापाटा,मटेला, पाराकाट्ने, सुनिकोट गाविसका क्षती भएका भवनहरु पुनः निर्माण भएका छन भने आफ्नो कार्यालय नभएका गाविसहरु मेलविसौना, सैनपसेला, भामचौर, माझिगाउँ, कैलाश, कोटदेवल, भैरवनाथ, कोटभैरव, काँडा, दहबगर, खिरातडी, सुनकुडा, गडराय, सुर्मा, रायल, मौलाली, देवलीकोट, दंगार्जी, धमेना गाविसका भवनहरु भने अझै निर्माण हुन सकेका छैनन् ।
जिल्ला पुनःनिर्माण समितिले द्घन्दकालमा भत्किएका गाविसको पुनः निर्माणका लागि शान्ति तथा पुनः निर्माण मन्त्रालयमा पठाउने गरेको स्थानिय विकास अधिकारी गणेश दाहालले बताए । उनले भने हामीले सबै गाविस भवनको पुनःनिर्माणका लागि मन्त्रालय माग गरेका थियौ तर मन्त्रालयबाट २ वा ३ कार्यालयको लागिमात्र बजेट पठाउने हुँदा बाँकी क्षती भएका गाविस भवनहरु पुनःनिर्माण हुन ढिला भएको हो । आफ्नो कार्यालय भवन नहुँदा एकातर्फ घरभाडा तिर्दा राज्यको रकम खचै हुने गरेको छ भने. अर्कोतर्फ सेवाग्राहीलाई समस्या भएको कोटभैरव गाविस सचिव खेमराज जोशीले बताए ।
शसस्त्र द्घन्दमा भत्काइएका गाविस भवन तथा प्रहरी चौकी एवं कृषि तथा पशुसेवा केन्द्रहरु पनि अझै पुनः निर्माण भएका छैनन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, बैशाख २५, २०८१