एसपी रेग्मी जिम्मेवारीबाट हटाइए

mukunda500.dhungana@gmail.com' rastriyakhabar
९ आश्विन २०७७, शुक्रबार ०५:०८

काठमाडौं । जिल्ला प्रहरी धादिङका प्रमुख एसपी रविन्द्र रेग्मीलाई प्रहरी प्रधान कार्यालयले जिम्मेवारीबाट हटाएको छ । जिम्मेवारी लिएको छोटै समयमा एसपी रेग्मीलाई हटाएर उनको ठाउँमा एसपी महेन्द्र खड्कालाई पठाइएको छ ।

एसपी खड्का सम्पत्ति सुद्धीकरण विभागमा कार्यरत थिए । एसपी रेग्मीलाई सम्पत्ति सुद्धीकरण विभागमा सरुवा गरिएको नेपाल प्रहरीका प्रवक्ता कुवेर कडायतले बताए ।

जिम्मेवारी बहन गर्न नसकेका र आर्थिक लेनदेनमा मुछिएका प्रमुखहरुलाई प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले जिम्मेवारीबाट हटाउँदै आएका छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, जेष्ठ ५, २०८१