अल्मुनियमको खम्बा छाती छेंडेर पछाडीबाट निस्कियो (तस्विर सहित)

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२ आश्विन २०७१, बिहीबार ११:१०

चीनको हेनान प्रान्तमा सोमबार भयानक दुर्घटना हुन पुग्यो । त्यहाँ रहेको एक आल्मुनियमको खम्बा भाँचियो र कार चलाइरहेका झाङ नामका ब्यक्तिको छातीमा रोपियो ।

खम्बाले छाती छेंडेर अर्को पट्टी निस्किएपछी उनको अवस्था कस्तो भयो होला तपाइँ आफै कल्पना गर्न सक्नु हुन्छ ।

दुर्घटनाको समयमा तिव्र वर्षा भैरहेको थियो । तिव्रगतिमा रहेको झाङको कार एक्कासी सडक छेउँको खम्बामा ठोक्किन पुग्यो । कारकै ठक्करले खम्बा भाँचियो र उनको शरीरमथि खस्यो । उक्त खम्बा उनको छातीमा रोपियो र अर्को भागबाट निस्कियो ।

उनको काँधमा गम्भिर चोट लागेको छ भने मुटु भने सुरक्षित रहेको बताइएको छ । उनलाई बाटो हिँड्नेहरुले हतार हतार अस्पताल पुर्‍याएका थिए ।Ramesh-kharel

चिकित्सकहरुले उनको शरीरमा गडेको आल्मुनियमको खम्बा निकाल्नका लागि निरन्तर शल्यक्रिया गरिरहेका छन् ।

केही दिन यता चीनको हेनाहन र ग्वाङडाङ प्रान्तमा आँधीवेरी सहितको वर्षात भैरहेको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख २७, २०८१