असोज १ गतेदेखि नै चल्ने भए लामो दूरीका यातायात र आन्तरिक उडान

mukunda500.dhungana@gmail.com' rastriyakhabar
३१ भाद्र २०७७, बुधबार ०५:१७

काठमाडौं । सरकारले असोज १ गतदेखि नै लामो दूरीका यातायात र आन्तरिक उडान खोल्ने निर्णय गरेको छ । सरकार प्रवक्ता प्रदीप ज्ञवालीले स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्दै लामो दूरीका यातायात र आन्तरिक उडान सञ्चालन गर्न सकिने निर्णय भएको जानकारी दिए ।

गाडी सञ्चालनका लागि ५० प्रतिशत सिट क्षमतामा मात्रै यात्रु राख्न पाउने र भाडा पनि ५० प्रतिशत धेरै लिन पाउनेगरी व्यवस्था गरिएको प्रवक्ता ज्ञवालीको भनाइ छ ।

आन्तरिक उडानका क्रममा पनि स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्नुपर्ने हुन्छ । जहाजमा यात्रा गर्दा ७२ घन्टा अघिसम्मको पिसिआर रिपोर्ट चाहिने ज्ञवालीको भनाइ छ । हवाई भाडादर संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयले तोक्ने भएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, बैशाख २३, २०८१