ज्यान जोखिममा राखेर धराप पुलबाट हिड्नुपर्ने बाध्यता

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१ आश्विन २०७१, बुधबार ०९:०५

ज्ञानमणि कालोटोपीP1010286

रसुवा जिल्लाको लहरेपौवा गाविस तथा नुवाकोट जिल्लाको गेर्खु गाविस जोड्न फलाखु खोलामा वर्षौं अगाडि निर्माण भएको झोलुङ्गे पुल बिग्रिएको धेरै समय भईसक्दा पनि अहिले सम्म कसैले चासो नदिंदा पुल धरापमा बदलिएको छ ।
पुलका वरिपरिका बाराहरु पूरै उप्किएका छन् । फलेकहरु वर्षात्को पानीले कुहिएर खसिसकेका छन् तैपनि यसको मर्मत नहुँदा स्थानियवासिहरु यसैबाट ओहोरदोहोर गर्न बाध्य छन् । घर नजिकै पुल भए पनि उनिहरुका लागि यो धराप झैं भएको छ । यो पुल कहिले बनेको भन्ने बारेमा स्थानियवासीहरु अनभिज्ञ छन् । पुल पुरानो भएकाले यसमा निर्माण मिती उल्लेख नगरिएको भएपनि स्थानिय ५८ वर्षिय अर्जुन दर्जिका अनुसार पहिले यो पुलबाट तिब्बतको केरुङबाट राजधानी काठमाडौंसम्म दशैंमा भेडा च्याङ्ग्रा तथा अन्य सरसामानहरु ओसार्ने गरिन्थ्यो । त्यति मात्र होइन नुवाकोट तथा रसुवा जिल्ला जोड्ने भएकाले पनि यसको महत्व धेरै थियो ।

अहिले पुलको हालत देख्दा साह्रै दुःख लाग्छ स्थानिय वासिन्दा वासु नेपाल भन्छन् – “यस्तो धराप पुल भएको भन्दा त नभएकै राम्रो । ” ७ वर्ष अगाडि यस पुलबाट खसेर २ जना मानिसहरु घाइते भएको सम्झाउँदै उनी भन्छन् – ‘केहि वर्ष अगाडि यहाँ भन्दा केहि परबाट पक्कि पुल निर्माण गरिएकाले यसलाई सबैले बिर्सिएका हुन् ।’P1010289
यसको मर्मत गर्न स्थानियवासिहरुले जिल्ला विकास समिती रसुवा र नुवाकोटमा छुट्टा–छुट्टै निवेदन पनि दिएका थिए । पटक–पटक पुल निर्माणको आश्वासन पाएपनि अहिले सम्म कसैले पनि वास्ता नगरेपछि उनीहरु यतिखेर दिक्क भएका छन् । पुल मर्मत भन्दापनि हटाउने निकायको खोजिमा लाग्नु पर्ने बेला आएको नेपालले बताए । तैपनि पुल मर्मतको झिनो आशा राख्दै उनी भन्छन् – “अझै पनि यसलाई मर्मत गर्न सके हामीलाई धेरै सजिलो हुन्थ्यो ।” यस पुलबाट अझै पनि धेरै मानिसहरु ओहोर–दोहोर गर्ने गरेको उनले जानकारी दिए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, बैशाख २५, २०८१