दुइ खुट्टाले हिड्ने कुकुरले राख्यो वर्ल्ड रेकर्ड (भिडियो सहित )

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
३० भाद्र २०७१, सोमबार १०:४८

काठमाडौं, मानिसहरू त दुई खुट्टा टेकेर हिड्छन, तर कहिल्यै कुकुरले दुइ खुट्टा टेकेर हिडेको देख्नु भएको छ । हिड्ने मात्र हैन दौडिने मामिलामा पनि जिफ नामको एउटा कुकुरको छाउरोले मानिसहरूलाइ अचम्मित बनाएको छ । डेली मेलको एक रिपोर्ट अनुसार पोमेरियन प्रजातिको यो कुकुर अमेरिकाको लस एन्जल्समा रहेको छ । जिफ ७ सेकेन्डमा १० मिटरसम्मको दौड गर्दा दुइ खुट्टाले मात्र गर्दछ । उसको यही खुबीले उ अहिले गिनिज बुक अफ वर्ल्ड रेकर्डमा समावेश भएको छ ।

अहिले यस कुकुरको छाउरोका बारेमा इन्टरनेटमा निकै चर्चा भैरहेको छ । गिनिज स्रोतका अनुसार जिफ दुई खुट्टाले हिड्न सक्छ । साथै स्केटिङ पनि गर्दछ । यहाँसम्म कि आफ्नो अटोग्राफ समेत दिने गर्दछ । जिफ हरेक दिन आफ्नो दौडको गतिलाइ कायमै राख्नका लागि आफ्नो अघिल्लो खुट्टा र पछिल्लो खुट्टाबाट दौड लगाएर अभ्यास गर्ने गर्दछ । जसका कारण अहिले सामाजिक सञ्जालहरूमा यस कुकुरको छाउरोका करोडौं प्रशंसकहरू रहेका छन ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख २७, २०८१