हिस्टेरिया भएका महिलामा प्रयोग गरिएको पुरातात्विक ‘भाइब्रेटर’ अढाइ लाख रुपैयाँमा बिक्यो

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२९ भाद्र २०७१, आईतवार ०७:५७

vibrato

१९ औँ सताब्दीमा बनाएर प्रयोग पनि भैसकेको  पुरातात्विक यौन खेलौना भाइब्रेटर निकै महंगो मूल्यमा लिलामी भएको छ । सेप्टेम्बर पहिलो हप्ता भएको लिलामीमा उक्त भाइब्रेटर १६ सय २५ बेलायती पाउण्ड अर्थात् २ लाख ५६ हजार रुपैयाँमा बिक्रि भएको हो ।यो भाइब्रेटर किन्ने मानिसको नाम भने उल्लेख गरिएको छैन ।
झ्वाट्ट हेर्दा मानिसलाई यातना दिन प्रयोग गरिने लठ्ठीजस्तो देखिने उक्त यौन खेलौनाको विवरणमा यो ‘ अलिअलि प्रयोग भैसकेको’ उल्लेख गरिएको थियो ।बेलायतको क्रिस्टी लिलाम तथा बिक्री घरले गरेको लिलामीमा यो पुरातात्विक सेक्स ट्वाय अविश्वसनीय मूल्यमा बिक्यो । त्यस क्रममा भाइकिङ खुकुरी तथा भिक्टोरियन लोखर्के लगायतका ऐतिहासिक सामाग्री समेत लिलामीमा राखिएका थिए ।
अढाइ लाख रुपैयाँमा बिकेको उक्त यौन खेलौना एक विद्युतिय उपकरण हो । यसको निर्माण सन् १८९३ मा भएको थियो ।अमेरिकाका चर्चित फिजिसियन डाक्टर बेन्जामिन बोयडले यसको निर्माण गरेका थिए । सेलुलोइड र सेतो धातुबाट यो बनाइएको छ । योभाइब्रेटरलाई १९ औँ सताब्दीको अन्त्य तथा २० औँ सताब्दीको सुरुतिर डाक्टरहरुले हिस्टेरिया -यौन उन्माद) भएका महिलाको उपचारका लागि प्रयोग गरेका थिए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख २७, २०८१