राष्ट्रियसभा निर्वाचनमा राजपाको ह्वीप जारी

mukunda500.dhungana@gmail.com' rastriyakhabar
५ माघ २०७६, आईतवार ०४:४३

काठमाडौं । माघ ९ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि राष्ट्रिय जनता पार्टी (राजपा)ले ह्वीप जारी गरेको छ ।

प्रदेश नम्बर दुईमा सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपासँग तालमेल गर्दे दुई-दुई सिट बाँडेर उम्मेदवारी दिएको राजपाले गठबन्धनबाट चार जनालाई नै निर्वाचित गर्न अनिवार्य रूपमा मतदान गर्न आफ्ना मतदातालाई निर्देशनात्मक ह्वीप जारी गरेको हो ।

शनिबार पार्टी केन्द्रीय कार्यालय बबरमहलमा बसेको अध्यक्ष मण्डलको बैठकपछि अध्यक्ष मण्डलका संयोजक राजेन्द्र महतोले विज्ञप्ति जारी गर्दै राजपाका मतदातालाई अत्यावश्यक निर्देशन ह्विप लगाएका हुन् ।

‘गठबन्धनमा रहेका चार जना उम्मेदवारलाई विजयी बनाउन निर्वाचनमा राजपा नेपालका मतदातालाई ह्विप जारी गरिन्छ,’ महतोले बैठकपछि जारी गरेको विज्ञप्तिमा उल्लेख गरेका छन् ।

प्रदेश नम्बर दुईमा नेपाली कांग्रेस र समाजवादी पार्टी नेपालले पनि गठबन्धन गरेका छन् । समाजवादी पार्टीले नेकपा–राजपा गठबन्धनबाट मत खोस्न सकिने बताइरहेको बेला राजपाले आफ्ना मतदातामा ह्वीप जारी गरेको हो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, जेष्ठ ५, २०८१