भ्रमण वर्ष २०२० सफल बनाउन कपन क्षेत्रभित्रका गुम्बा प्रतिनिधिसँग छलफल गर्दै बूढानीलकण्ठ नगरपालिका

mukunda500.dhungana@gmail.com' rastriyakhabar
४ माघ २०७६, शनिबार १७:१६

नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन बूढानीलकण्ठ नगरपालिकाले कपन क्षेत्रभित्र रहेका गुम्बाका प्रतिनिधिसँग छलफल गरेको छ ।
नगरप्रमुख उद्धवप्रसाद खरेलको प्रमुख आतिथ्यतामा सम्पन्न छलफलमा प्रमुख खरेलले नगरपालिका स्थानीय सरकार भएकोले आवश्यक सहयोग गर्न तयार रहेको भन्दै बन्द रहेको कपन गुम्बा आन्तरिक पर्यटकको लागि खुलाउन र अन्तर्राष्ट्रिय धार्मिक पर्यटक आकर्षित गर्न विशेष छुट प्याकेज संचालन गर्न अनुरोध गरेका थिए ।

बूढानीलकण्ठ वडा नं. ११ का वडाध्यक्ष राजु अधिकारीको आयोजनामा कार्यालय परिसरमा भएको छलफलमा कपन गुम्बा, फुलहारी गुम्बा, स्याल्पा गुम्बा, मुक्तिनाथ आनी गुम्बा, कुन्साङ छोइलिङ ननदी गुम्बाका प्रतिनिधि लगायत वडा सदस्यहरुको समेत सहभागीता रहेको थियो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, जेष्ठ ५, २०८१