प्रधानसेनापति थापा स्वदेश फिर्ता

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२ माघ २०७६, बिहीबार ०६:०४

काठमाडौं । बंगलादेशको भ्रमण सकेर प्रधानसेनापति पूर्णचन्द्र थापा स्वदेश फर्किएका छन् ।

बङ्गलादेशका प्रधानसेनापति अजिज अहमदको निमन्त्रणामा गत पुष २७ मा बंगलादेशको राजधानी ढाका पुगेका प्रधानसेनापति थापा बुधबार स्वदेश फर्किएका हुन् ।

प्रधानसेनापति थापालाई बलाधिकृत रथी शरद कुमार गिरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए ।

उक्त अवसरमा नेपालस्थित बंगलादेशका राजदूत, नेपाली सेनाका रथीवृन्द र नेपालस्थित बंगलादेशका सैनिक सहचारीको उपस्थिति रहेको थियो । प्रधानसेनापतिलाई जंगी अड्डा परिसरमा नेपाली सेनाको एक टुकडीले सम्मान गारत अर्पण गरेको थियो ।

सेनापति थापासंगै उपरथी ताराध्वज पाण्डे र सहायकरथी प्रेम शाही समेत भ्रमण दलमा सहभागी थिए । प्रधानसेनापति थापा नेपाली सेनाको एम २८ स्काई ट्रकबाट पहिलो पटक ढाँका पुगेका थिए ।

चार दिने बङ्गलादेश भ्रमणको क्रममा उनले बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदसँग भेटवार्ता गरे । त्यहाँ उनले नेपाली राजदूतावासले आयोजना गरेको औपचारिक कार्यक्रममा समेत सहभागी भएका थिए ।

यसैगरी उनले बंगलादेशको आर्म फोर्स डिभिजनको भ्रमण गर्नुका साथै विभिन्न सैनिक उच्चपदस्थ व्यक्तित्वहरुसँग भेटघाट समेत गरेका थिए ।

प्रधानसेनापतिले भ्रमणको दौरान बंगलादेश सेनाको सैनिक अस्पताल, नेशनल डिफेन्स कलेज, डिफेन्स सर्भिसेस कमाण्ड एण्ड स्टाफ कलेजलगायत विभिन्न सैनिक संरचना तथा ऐतिहासिक स्थानहरुको समेत भ्रमण गरेका थिए ।

यस प्रकारको भ्रमणले नेपाली सेना र बंगलादेशी सेनाबीच रहंदै आएको आपसी सौहार्दपूर्ण सम्बन्धको साथै द्विपक्षीय आपसी हित र पारस्परिक सम्बन्धलाई थप सुमधुर एवं प्रगाढ बनाउन मद्दत पुग्ने नेपाली सेनाले विश्वास लिएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, जेष्ठ ५, २०८१