‘समृद्ध नेपाल सुखी नेपाली’अभियानमा सघाउन चेम्बरलाई आग्रह

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१ माघ २०७६, बुधबार ०६:३६

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले ‘समृद्ध नेपाल तथा सुखी नेपाली’ को सपना साकार पार्नका लागि वर्तमान सरकारको प्रयासमा साथ दिन नेपाल चेम्बर अफ कमर्सका पदाधिकारीहरुलाई आग्रह गरेकी छिन् ।

नेपाल चेम्वर अफ कमर्सका पदाधिकारीहरुले राष्ट्रपति विद्यादेवी भण्डारीसँग मंगलबार भएको शिष्टाचार भेटमा राष्ट्रपति भण्डारीले उनले शक्ति र क्षमतामा आधारित अर्थतन्त्रको बिकासमा जोडदिनुपर्ने बताएकी हुन् ।

उनले स्वाधिन अर्थतन्त्र निर्माणको दिशातर्फ उन्मुख हुन सरकारको प्रयासलाई सघाउन आग्रह गरिन् ।

६९ औ वार्षिक साधारण सभा, चेम्वर दिवस २०७६ तथा ७० वर्ष प्रवेशको अवसरमा आयोजित कार्यक्रममा सहभागी हुन विभिन्न जिल्ला तथा नगरबाट आएका भएका जिल्ला तथा नगर चेम्वरका सभापति तथा पदाधिकारीहरु र नेपाल चेम्वर अफ कमर्सका पदाधिकारी तथा कार्य समिति सदस्यहरुले राष्ट्रपतिसँग भेट गरेका हुन् ।

भेटमा नेपाल चेम्वर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले नेपालका व्यावसायिक क्षेत्रका विविध पक्षहरुवारे राष्ट्रपति समक्ष चर्चा गरेका थिए ।

उनले नेपाल भ्रमण वर्ष २०२० लाइ सफल पार्न जिल्ला स्तर तथा नगर स्तरबाट समेत चेम्वरको तर्फबाट सक्दो भूमिका निर्वाह गर्ने प्रतिवद्धता समेत व्यक्त गर्दै पर्यटन क्षेत्रका केही चुनौतिबारे समेत जानकारी गराएका थिए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, जेष्ठ ५, २०८१