राष्ट्रियसभा निर्वाचनका लागि उम्मेदवार छान्ने जिम्मा पदाधिकारीलाई

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१८ पुष २०७६, शुक्रबार ०५:४९

मुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आगामी माघमा हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि पार्टीको उम्मेदवार छनोट गर्ने अधिकार केन्द्रीय पदाधिकारीलाई दिएको छ।

पार्टीको सानेपास्थित केन्द्रीय कार्यालयमा बिहीबार बसेको केन्द्रीय कार्यसमिति बैठकले उक्त निर्णय गरेको हो। पार्टीको विधानको धारा ३२ (९) बमोजिम पदाधिकारीलाई उक्त जिम्मेवारी दिइएको पार्टीले जनाएको छ। आवश्यक परमार्श गरेर पदाधिकारी बैठकले उम्मेदवार छनोट गरी घोषणा तथा मनोनयन दर्ता गर्ने व्यवस्था गर्ने पार्टीको बैठकपछि जारी विज्ञप्तिमा जनाइएको छ।

साथै, राष्ट्रियसभा सदस्य निर्वाचनमा विभिन्न राजनीतिक दलसँग आवश्यक सहकार्य र तालमेलका लागि पहल गर्ने निर्णसमेत केन्द्रीय कार्यसमिति बैठकले गरेको छ। उक्त बैठक पार्टी सभापति शेरबहादुर देउवाको सभापतित्वमा बसेको थियो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, बैशाख २३, २०८१