बैतडीमा हिमपात जनजीवन प्रभावित

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१७ पुष २०७६, बिहीबार १४:०८

मौसममा बद्ली भएसँगै बैतडीका लेकाली क्षेत्रमा फेरी हिमपात शुरु भएको छ। खोड्पे, श्रीभावर, ढोल्यामोड, सिगासधुरा लगायतका क्षेत्रमा बिहीबार फेरि हिमपात भएको हो। वर्षासँगै हिमपात भएपछि किसान भने खुशी भएका छन्।

सिँचाइ नभएका क्षेत्रमा वर्षा र हिमपातले सिँचाइको काम गर्ने भएकाले किसान खुशी भएका हुन्।

यसैबीच हिजोरातिदेखि बैतडीमा विद्युत् सेवा अवरुद्ध भएको छ। राति चलेको हावाहुरीले बैतडीको खोड्पे क्षेत्रको लाइनमा समस्या आएको नेपाल विद्युत् प्राधिकरण बैतडीले जनाएको छ। विद्युत सेवा अवरुद्ध हुँदा सेवाग्राही मारमा परेका छन्।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, बैशाख २३, २०८१