मन्त्रालयका खरिदार पनि घुस्याहा, एकै दिन चार जनाविरुद्ध भ्रष्टाचारको मुद्दा

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१७ पुष २०७६, बिहीबार ०५:०८

अख्तियारले ८३ हजार घुस लिएको आरोपमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका खरिदार त्रिलोचना पोखरेल, नक्कली शैक्षिक प्रमाणपत्रधारी नगर विकास समिति महेन्द्रनगरका अध्यक्ष सुरेन्द्रबहादुर विष्ट र कृषि सामग्री कम्पनी लिमिटेड, शाखा कार्यालय जनकपुरका रकिपर वरिष्ठ सहायक रामबाबु महतोसहित २ जनाविरुद्ध विशेष अदालतमा मुद्दा चलाएको हो।

पोखरेलले ५ वटा सडकको प्रारम्भिक वातावरणीय परीक्षण (आईईई) प्रतिवेदन तयार गदाृ कीर्ते मिटिङ माइन्युट र बैठक भत्ता बुझेको तथा सोही झुठ्ठा व्यहोराको आधारमा सेवाग्राहीबाट उक्त रकम घुस लिएको पाइएको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।

महेन्द्रनगर नगर विकास समितिका अध्यक्ष विष्टले भारतको गुरुकुल विश्वविद्यालय, बृन्दावन मथुरा उत्तरप्रदेशबाट माध्यमिक शिक्षा कक्षा १० उत्तीर्ण गरेको नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पाइएको अख्तियारले जनाएको छ।

उक्त शैक्षिक प्रमाणपत्र पेश गरी नगर विकास समितिको अध्यक्ष पदमा बहाल रही लाभ र सुविधा लिएको देखिएकाले भ्रष्टाचार मुद्दा चलाउनु परेको अख्तियारको भनाइ छ।

स्टोरकिपर रामबाबु महतोले धानको बिउ लिलाम बिक्री प्रक्रियामा अनियमितता गरेको अख्तियारको आरोप छ।
६८ हजार रुपैयाँ घुस लिएर स्टोरमा रहेको धानको बिउ लिलाम प्रक्रिया सम्पन्न हुनु अगावै प्रक्रियामा सहभागी नभएका व्यक्ति सिया किशोर साहलाई दिएर सार्वजनिक संस्थालाई हानीनोक्सानी पुर्‍याएकाले अख्तियारले जनाएको छ।

घुस लिएको ६८ हजार रुपैयाँ जफत हुने र बिक्री नभएको धानको बिउको मूल्य करिब ८ लाख ३६ हजार ६ सय ८० रुपैयाँ बराबर बिगोदाबीसहित भ्रष्टचारको मुद्दा दायर गरिएको अख्तियारले उल्लेख गरेको छ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, बैशाख २३, २०८१