प्रहरी नायब महानिरीक्षक (डिआइजी) सिंहलाई एआइजीमा बढुवा सिफारिस

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१५ पुष २०७६, मंगलवार ०४:३७

काठमाडौं । प्रहरी प्रधान कार्यालयले प्रहरी नायब महानिरीक्षक (डिआइजी) आशा सिंहलाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) पदमा बढुवा सिफारिस गरेको छ ।

प्रहरी प्रधान कार्यालयको सोमबार बसेको बढुवा समितिले सिंहलाई एआइजीमा बढुवा गर्ने निर्णय गर्दै उक्त पदमा सिफारिस गरेको हो ।

सिंह नेपाल प्रहरी अस्पताल महाराजगञ्जमा कार्यरत रहेकी छिन् । बढुवा समितिले उनलाई कार्यसम्पादन मूल्याँकन गर्दै १०० मा ७४.७२ अंक दिएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, जेष्ठ ५, २०८१