जयशंकरसँग भेट्न अस्वीकार गरे प्रचण्ड र माधव नेपालले

mukunda500.dhungana@gmail.com' rastriyakhabar
६ भाद्र २०७६, शुक्रबार ०६:१४

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेता माधवकुमार नेपालले नेपाल भ्रमणमा आएका भारतीय विदेशमन्त्री एस जयशंकरसँग भेटवार्ता गर्न अस्वीकार गरेका छन् ।

दुई दिने नेपाल भ्रमणमा आएका जयशंकरले पूर्वप्रधानमन्त्री द्वय प्रचण्ड र नेपाललाई भेटवार्ताका लागि आफू बसेका बत्तिसपुतलीस्थित होटल द्वारिकाजमै निम्तो दिएका थिए । तर, अध्यक्ष प्रचण्ड प्राटोकल नमिलेकाले होटलमा भेटवार्ता गर्न नगएका उनका प्रेस सल्लाहकार विष्ण सापकोटाले जानकारी दिए ।

नेता नेपालले पनि होटलमै भेट्न जान प्रोटोकलले नदिने भन्दै जयशंकरको निम्तो अवस्वीकार गरेको नेकपाका नेता विष्णु रिजालले जानकारी दिए ।

तर, बिहीबारै उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादव, पूर्वप्रधानमन्त्री तथा समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भटटराईले द्वावारिकाज होटलमै गएर जयशंकरसँग भेटे गरेका थिए । यस्तै, कांग्रेस सभापति शेरबहादुर देउवाले बुधबार होटलमै पुगेर भेटवार्ता गरेका थिए । उनीहरुले कूटनीतिक मर्यादाविपरीत जयशंकरलाई भेट्न पुगेका जानकारहरुले टिप्पणी गरेका छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, जेष्ठ ५, २०८१