नेपाल-भारत बैठक : तिक्तता मेट्ने पहल

mukunda500.dhungana@gmail.com' rastriyakhabar
५ भाद्र २०७६, बिहीबार ०७:५०

काठमाडौं । नेपाल–भारत संयुक्त आयोगको पाँचौ बैठकमार्फत दुई मुलुकबीच सम्बन्धमा रहेको तिक्तता मेट्ने पहल भएको छ ।

काठमाडौँमा बुधबार सम्पन्न बैठकमा नेपाल र भारतबीच थाती रहेका समग्र विषयमा छलफल भएको समाचार अन्नपूर्णपोस्ट दैनिकमा छापिएको छ ।

नेपाल–भारतका समग्र विषयमा समेटिएका विभिन्न ८० बुँदामा माइनुट भएको परराष्ट्र सचिव शंकरदास वैरागीले बैठकपछि जानकारी दिए ।

माइनुटमा परराष्ट्रमन्त्री ज्ञवाली र भारतरीय विदेशमन्त्री एस जयशंकरले हस्ताक्षर गरेका छन् ।

दुई पक्षबीच कार्यान्वयन भएका विषयमा सन्तुष्टि जारी गर्दै बाँकी विषयमा सरोकारवाला निकायसँग अन्तरक्रिया गरेर प्रक्रिया अघि बढाउने सहमति भएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, जेष्ठ ५, २०८१