सभापति देउवाको आडमा विधान विपरीत नुवाकोट क्षेत्रीय समिति घोषणा

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२१ श्रावण २०७६, मंगलवार ०५:१४


सभापति केसी भन्छन्, विधान विपरीत कोही अघि बढ्न सक्दैन

काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको आडमा नेपाली काँग्रेस नुवाकोट क्षेत्रीय समिति घोषणा भएको छ । पार्टीको विधान विपरीत सभापति देउवानिकट नेता प्रकाशशरण महतको निर्देशनमा क्षेत्रीय कार्यसमितिको बैठक बसाई आफैँले आफैलाई स्वत स्फूर्त फरक भूभाग हुँदाहुँदै क्षेत्रीय समिति घोषणा गरेका हुन् । विधान विपरित घोषित कार्यसमितिको बैठक नुवाकोटमा नबसेर काठमाडौँमा बसेपछि नुवाकोट काँग्रेसका नेता तथा कार्यकर्ता निराश बनेका छन् । विधान बनाउने ठाँउमै रहेका केन्द्रीय सदस्य बहादुरसिंह लामा समेत बैठकमा उपस्थिती भएपछि स्वयम् सभापति देउवाको निर्देशनमा उक्त बैठक बसेको प्रष्ट देखिन्छ । के छ काँग्रेसको विधानमा विधानविपरीत क्षेत्रीय कार्यसमितिको बैठक बसेको जानकारी पाएसँगै नुवाकोट काँग्रेस सभापति जगदीश्वर नरसिंह केसीसँग कुरा गर्न खोज्दा उहाँले विधान विपरीत भएका कार्यले कुनै अर्थ नराख्ने बताउनुभयो । पार्टीको विधान २०१७ संशोधित २०५१, ०५४, ०५७,०६२, ०६४, ०६६, ०६९, ०७२ र ०७५ को को परिच्छेद १२ को विविध शिर्षकको धारा ७२ को संक्रमणकालिन ब्यबस्थाको धारा २ मा पार्टीको केन्द्रिय कार्यसमिति , सिमाङ्कन हेरफेर नभएको जिल्ला कार्यसमिति र सिमाङ्कन परिवर्तन नभएको स्थानीय तहका कार्यसमिति यथावत रहने व्यवस्था भएकाले उक्त बैठक विद्यान विपरीत भएको प्रष्ट देखिने सभापति केसीको भनाई छ । उहाँले सोही परिच्छेद को धारा ४ (क) मा नेपालको संविधान बमोजिम स्थानीय तह तथा संसदीय निर्बाचन क्षेत्र निर्धारण भए पश्चात सिमाङ्कन हेरफेर नभई यथाबत कायम रहेका गाउँपालिका र नगरपालिका र उप–महानगरपालिका र महानगरपालिका र प्रतिनिधि सभा निर्वाचन क्षेत्रमा कायम रहेको कार्यसमिति यथाबत रहने उल्लेख रहेको बताउनुभयो । उक्त उक्त धारा ४ को( ख ) मा नेपाल को संविधान बमोजिम स्थानीय तह तथा संसदीय निर्बाचन क्षेत्र निर्धारण भए पश्चात सिमाङ्कन हेरफेर भई नयाँ कायम भएका गाउपालिका र नगरपालिका र उपमहानगर र महानगरपालिकाका र प्रतिनिधि सभा निर्बाचन क्षेत्र भित्रका यो बिधान संसोधन पुर्ब कायम रहेका प्रतिनिधिको अधिबेशनले यसै बिधान बमोजिमको सम्बन्धि कार्यसमिति गठन गर्ने व्यवस्था समेत रहेको छ । पार्टीको विधानमा सम्पर्क समिति बनाउने जिम्मा जिल्ला कार्यसमितिलाई मात्र भएतापनि प्रदेश र क्षेत्रीय कार्यसमितिले सम्पर्क समिति गठन गर्ने निर्णय गर्नु विधान विपरीत र हास्यास्पद भएको सभापति केसीको भनाई छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, जेष्ठ ५, २०८१