कुपण्डोलस्थित प्याराडाइज इन्टरनेशनल म्यानपावरमा छापा

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२० श्रावण २०७६, सोमबार ०४:५९

काठमाडौं । वैदेशिक रोजगार विभागले ललितपुरको कुपण्डोलस्थित प्याराडाइज इन्टरनेशनल म्यानपावर कम्पनीमा छापा मारेको छ ।

नेपालकै ठूलो म्यानपावरमा गनिने प्याराडाइजले युएई जान लागेका कामदारसँग बढी शुल्क लिएको सूचना पाएपछि विभागको टोलीले आइतबार छापा मारेको हो । छापा मार्दा म्यानपावर कम्पनीले कामदारसँग तोकिएको भन्दा धेरै शुल्क उठाइरहेको रंगेहात फेला पारेको छ ।

क्लिनरका रुपमा पठाउन लागिएका कामदारसँग म्यानपावरले १ लाख रुपैयाँभन्दा बढी रकम मागेको थियो । विभागले अनुसन्धानका लागि म्यानपावरका विभिन्न कागजात नियन्त्रणमा लिएको छ ।

प्याराडाइज म्यानपावर कम्पनी गत वर्ष सबैभन्दा धेरै कामदार पठाउनेमा तेस्रो स्थानमा थियो । यसले एक वर्षमै ३ हजारभन्दा बढी कामदारलाई विदेश पठाएको थियो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, जेष्ठ ५, २०८१