बच्चालाई आमाको दुध पुगेन ? सुत्केरी आमालाई खुवाउनुहोस् यो परिकार

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२ बैशाख २०७६, सोमबार ०६:०५

एजेन्सी । बच्चाको लागि आमाको दुध सबैभन्दा पोषिलो मानिन्छ । आमाको दुध पिएका बच्चाहरु आमाको दुध नपिएका बच्चा भन्दा स्वस्थ हुन्छन् भन्ने मानिन्छ। भविष्यमा समेत उनीहरुको रोग संग लड्ने क्षमता बढी हुन्छ।

त्यसैले बच्चालाई कम्तीमा दुई वर्षसम्म आमाको दुध पिलाउने गरिन्छ । नेपाली समाजमा सामान्यतया बच्चा छ महिनाको हुँदासम्म आमाको दुध मात्र पिलाउने गरिन्छ ।

आमाको स्वास्थ्य राम्रो रहोस्, दुध आओस् र बच्चा स्वस्थ होस् भन्ने चाहनाले आमालाई विभिन्न परिकारहरु खुवाउने गरिन्छ । नेपाली समाजमा बच्चालाई दुध प्रशस्त आओस् भन्ने उद्देश्यले सुत्केरी आमालाई ज्वानोको झोल, मासुको झुल, गुतपाक, सख्खर आदि खुवाउने गरिन्छ । पछिल्लो समय, बजारमा घरेलु पौष्टिक खानेकुराहरु एकै ठाउँमा राखेर तयार गरिएको सुत्केरी मसला समेत उपलब्ध हुन्छ।

सबै तरिका अपनाउँदा अपनाउंदै पनि यदि बच्चालाई दुध पुगेको छैन भने खानपिनमा ध्यान पुर्याउनुपर्छ । गाजर पौष्टिक तत्वले भरिपूर्ण हुन्छ र यो फाइबरयुक्त पनि हुन्छ । त्यसैले सुत्केरी महिलाले गाँजर खानाले बच्चाको लागि प्रशस्त मात्रामा दुध आउंछ।

गाँजरलाई मिक्सरमा राखेर जुसको रुपमा तयार गर्न सकिन्छ। त्यसपछि उक्त जुस बिहान र बेलुका पिलाउनुपर्छ । बिहान बेलुका दुई गिलास गाँजरको दुध सुत्केरी आमाले पीइन् भने स्तन दुधले भरिन्छन्।

आमाको दुधको लागि अर्को खाना प्याज पनि हो। प्याजले सुत्केरी आमाको स्तनमा दुधको मात्रा बढाउन मद्दत गर्छ । त्यसैले सुकेरी आमले खाना संगै काँचो प्याज चपाउनु राम्रो हुन्छ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, जेष्ठ ५, २०८१