बिल गेट्स विश्वकै धनि व्यक्ति बने

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१ चैत्र २०७०, शनिबार ०६:२६

काठमाडौं, फाल्गुन, २० । बिश्वको धनीहरुको सूचीमा माइक्रोसफ्टका सन्चालक बिल गेट्स फेरि पहिलो स्थानमा पुग्न सफल भएका छन् । अमेरिकी पत्रिका फोब्र्सले जारी गरेको बिश्वका धनीहरुको सूचीमा पर्न सफल बिल गेट्सको सम्पत्ती ७६ अर्व अमेरिकी डलर रहेको छ ।

सन् २०१३ मा ६७ अर्व सम्पती रहेका गेट्सको सम्पती ९ अर्वले बढेकोे हो । फोब्र्सका अनुसार गेट्स पछिल्लो २० बर्षमा सर्वाधिक १५ पटक बिश्वका सर्वाधिक धनी बनिसकेका छन् । यसैगरी फोब्र्सको सूचीको शीर्ष ५० मा भारतका मुकेश अम्बानी पनि रहेका छन् ।

उनी ४० औं स्थानमा रहन सफल भएका छन् । अम्बानीको कुल सम्पती ३१ अर्व अमेरिकी डलर रहेको छ । यसैगरी नेपालका बिनोद चौधरी १४ सय ६५ औं स्थानमा रहेका छन् । उनको कुल सम्पती १ दशमलव १ बिलियन अमेरिकी डलर रहेको छ ।

 

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, जेष्ठ ५, २०८१