प्रदेश २ सबैभन्दा बढी कुष्ठ रोगबाट प्रभावित

ssapana44@gmail.com' jamuna aryal
१४ माघ २०७५, सोमबार ०९:१४

काठमाडौं – सन् २०१० मा नेपालले कुष्ठरोग निवारण भएको घोषणा गरेको थियो। प्रति १० हजार जनसंख्यामा १ भन्दा कम हुनुलाई कुष्ठरोग निवारण भनिन्छ। तर नेपालको नवलपरासीमा प्रति १० हजारमा ३ जनालाई कुष्ठरोग भएको भेटिएको छ। विश्व स्वास्थ्य सङ्गठनले विसं २०६६ माघ ५ गते नेपालमा कुष्ठरोग निवारण भएको घोषणा गरे पनि नवलपरासीमा  भने अझै कुष्ठरोग निवारण हुन नसकेको तथ्य सार्वजनिक भएको हो।

नवलपरासीमा हरेक वर्ष नयाँ कुष्ठरोगीको संख्या वढ्दै गएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ। स्वास्थ्य कार्यालय नवलपरासीका अनुसार जिल्लामा प्रति दश हजार जनसंख्यामा ३ जनामा कुष्ठरोग देखा परेको छ। प्रति दश हजार जनसंख्यामा एक जना भन्दा कम रोगी भए मात्रै कृष्ठरोग निवारण भएको मानिन्छ। 

यसपछी बाके, कपिलबस्तु, झापा, धनुषा लगायतका तराई जिल्लामा कुष्ठरोगका बिरामी धेरै भेटिएको तथ्यांकले देखाएको छ। नेपालमा ७७ जिल्लामध्ये १८ जिल्लामा कुष्ठरोग देखा परेको कुष्ठरोग नियन्त्रण तथा अपाङ्गता शाखाका प्रमुख डा.रवीन्द्र बाँस्कोटाले जानकारी दिए।

७ प्रदेश मध्ये २ नम्बरमा सबैभन्दा बढी कुष्ठरोग देखिएको छ। २ नम्बर प्रदेशमा ८ जिल्ला मध्ये ७ जिल्ला नै प्रति १० हजारमा प्रिभिलिएज रेट १ भन्दा बढीलाई कुष्ठरोग भेटिएको हो। नेपालमा सन २०१० मा कुष्ठरोगको प्रिभलेज रेट शुन्य दशमलब ७७ रहेकोमा यो बिस्तारै बढदै अहिले २०१७ मा शुन्य दशमलब ९४ मा पुगेको छ। यसरी नै बढ्दै जाने हो भने यो दर एक भन्दा माथी पुग्ने सम्भावना अत्यधिक रहेको डा बास्कोटाले औल्याए।

यो दर घटाउनु सबैभन्दा चुनौती रहेको उनले बताए। २०७४/७५ मा कुल ३ हजार एक सय ८७ नयाँ बिरामी फेला परेको शाखाका प्रमुख बाँस्कोटाले जानकारी दिए। त्यसमध्ये एक हजार ४ सय ३४ जना महिला र २ सय ७८ जना बालबालिका भएको शाखाले जनाएको छ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, जेष्ठ ६, २०८१