बेपत्ता विमान अन्तिम सम्पर्क पछि पनि चार घण्टा उडेको अनुमान

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१ चैत्र २०७०, शनिबार ०६:२५

काठमाडौं, फाल्गुन ३० । गएको शनिवारदेखि वेपत्ता मलेशियाको विमान अन्तिम सम्पर्क भएपछि पनि अरु चार घण्टा उडेको हुनसक्ने अमेरिकी अनुसन्धानकर्ताहरुले बताएपछि यसको खोजी क्षेत्रको दायरा बढाउन दबाब परेको छ ।

अमेरिकी उड्डयन अनुसन्धानकर्ता र सुरक्षा अधिकारीले बोइङको इञ्जिनबाट स्वतः प्राप्त हुने जानकारीका आधारमा उक्त जहाज जम्मा पाँच घन्टा उडेको बताएका छन् । यसअवधिमा जहाज कहाँसम्म पुग्न सक्छ भन्ने अनुमान गरी त्यसको चारैतर्फ खोजी थाल्नुपर्नेमा अनुसन्धानकर्ताहरुले जोड दिएका छन् ।

यस सूचनाअनुसार यदि उक्त जहाज पाँच घन्टा उडेको भए थप २२ सय माइल टाढा पुगेको हुनुपर्छ । त्यो दूरीमा जहाज पाकिस्तान, हिन्द महासागरका कुनै भुभाग वा उत्तरतर्फ उडेको भए मंगोलियासम्म पुग्नसक्ने अनुमान गरिएको छ ।

हिन्द महासागरतर्फ खोजी गर्नका लागि सघाउन आफू तयार रहेको अमेरिकाले जनाएको छ । एक दर्जन देशका ४२ पानीजहाज र ३९ विमान खोजीमा रातोदिन जुटेपनि कुनै सुईको नपाउँदा सबै आश्चर्यमा परेका छन् । विमानमा २३९ जना सवार थिए ।

 

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, जेष्ठ ५, २०८१