रुसद्वारा युक्रेनसँग युद्ध नचाहेको स्पस्ट

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१ चैत्र २०७०, शनिबार ०६:२३

काठमाडौं, फाल्गुन ३० । रुसले युक्रेनसँग युद्ध नचाहेको प्रष्ट गरेको छ । संयुक्त राष्ट्रसंघ सुरक्षा परिषदको आकस्मिक बैठकमा राष्ट्रसंघका लागि रुसी दूत युक्रेनी अन्तरिम प्रधानमन्त्री अर्सेनिया यात्सेन्युकको सीधा प्रश्नमा रुसी दूत भितानी चुरकिनले आफूहरु युद्धको पक्षमा नरहेको बताएका हुन् ।

रुसमा गाभिन चाहन्छन् भने क्राइमियाले जनमत संग्रह गर्न पाउनुपर्ने पक्षको भने चुरकिनले ठूलो बचाउ गरे । युक्रेनी प्रधानमन्त्री यात्सेन्युकले भने रुसको हस्तक्षेप अत्यधिक बढेको भन्दै आफूहरुलाई सघाउन विश्व जगतसँग अपील गरे । रुसले राष्ट्रसंघको बडापत्रका साथै थुप्रै अन्तर्राष्ट्रिय कानूनहरुको उल्लंघन गरेको आरोप उनले लगाए ।

रुसको ज्यादती बढिरहँदा पनि आफूहरु प्रत्यक्ष वार्ता गरी शान्तिपूर्ण ढंगले नै निकास निकाल्ने पक्षमा रहेको उनको भनाइ थियो । उता युक्रेनको पूर्वी शहर डोनेत्सकमा भएको भिडन्तमा एक जना मारिएको खबर छ ।

थुप्रैं व्यक्ति घाइते भएको खबर छ । यसअघि अमेरिकी राष्ट्रपति बाराक ओबामाले युक्रेनको क्राइमियाबाट रुसले आफ्ना सेना फिर्ता नगरे त्यसको मुल्य चु्काउनु पर्ने चेतावनी दिएका थिए । रुस समर्थित भिक्टर यानोकोभिचलाई युक्रेनी संसदले राष्ट्रपतिबाट अपदस्थ गरेपछि क्राइमिया रुसी सेनाको नियन्त्रणमा छ ।

 

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, जेष्ठ ५, २०८१