असोज ११ देखि दसैँका लागि टिकट बिक्री

mukunda500.dhungana@gmail.com' rastriyakhabar
८ आश्विन २०७८, शुक्रबार ०५:४७

काठमाडाैं । गृह मन्त्रालयमा आज आयोजित चाडपर्व लक्षित बजार अनुगमनसम्बन्धी बैठकमा उपत्यका ट्राफिक प्रहरी महाशाखा प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराई र यातायात व्यवस्था विभागका प्रवक्ता लोकनाथ भुसालले दसैँमा सार्वजनिक सवारी साधन कसरी सञ्चालन गर्ने भनेर अहिलेसम्म भएका तयारीबारे जानकारी गराएका छन् ।

प्रवक्ता भुसालले यही असोज ११ गतेदेखि दसैँका लागि अग्रिम टिकट बिक्री खुला गर्ने र १४ स्थानमा यात्रु सहायता कक्ष राख्ने निर्णय भएको बताए । बसको टिकट अनलाइनमा काट्ने व्यवस्था मिलाउन प्रयास भइरहेको पनि उनले जानकारी दिए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, बैशाख २६, २०८१