स्वाव परीक्षण नगरी पीसीआर रिपोर्ट, डाक्टर सहित ८ पक्राउ

mukunda500.dhungana@gmail.com' rastriyakhabar
८ बैशाख २०७८, बुधबार ०५:३९

काठमाडौं । काठमाडौंको सिनामंगल स्थित ‘सुरिया हेल्थ केयर प्रा.लि.मा महानगरीय अपराध महाशाखाको टोलीले मंगलबार छापा मारेको छ । उक्त ल्याबले स्वाव नै नलिइकन पिसिआर रिपोर्ट दिने गरेको थाहा भएपछि प्रहरीले छापा मारी अपराधमा सम्लग्न चिकित्सक सहित कर्मचारीलाई पक्राउ गरेको छ ।

डिएसपी दुर्गा रेग्मी नेतृत्वको टोलीले नक्कली पिसिआर रिपोर्ट बनाउने चिकित्सक सहित ८ जनालाई पक्राउ गरेको हो । कोभिड–१९ परिक्षणको अनुमती लिएको उक्त ल्याबका व्यवस्थापन प्रमुख समेत रहेका डा. खेलानन्द प्रसाद सिंह, सिनामंगलमा मेडिकल संचालन गरेर बस्ने चित्र बहादुर रायमाझी उर्फ प्रकाश र सप्तरी घर भएका प्रमोद कुमार यादव सहित ८ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

एजेन्ट, ल्याब टेक्निसियन र चिकित्सक मिलेर प्रतिव्यक्ति ९ हजारमा पिसिआर रिपोर्ट बेच्ने गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार स्वाव नै संकलन नगरिकन लापरवाहीपूर्ण तरिकाले रिपोर्ट बनाउने गरेको बारे थप अनुसन्धान भइरहेको छ ।

वैदेशिक रोजगारमा जाने व्यक्तिको लागी उनीहरुले एक–दुई घण्टामै पिसिआर रिपोर्ट बनाउने गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुसँगको समन्वयमा प्रहरीले सो ल्याब सिल गरेको हो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, बैशाख २६, २०८१