यसो गर्नुस पिनासबाट जोगिन

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१८ कार्तिक २०७७, मंगलवार ०५:२१

पिनास एक प्रकारको संक्रमण हो । नाकको छेउमा रहेको हड्डी ‘साइनस’मा पातलो झिल्ली हुने गर्छ । रुघा वा एलर्जीका कारण त्यसमा संक्रमण हुन्छ, जसलाई पिनास भएको भनिन्छ ।
जाडो तथा मौसम बदलीको समयमा पिनासको समस्या बढी हुने गर्छ । पटक–पटक रुघाखोकी लागिरहने व्यक्तिमा पिनास हुने सम्भावना बढेर जान्छ । धुलो, धुवाँ, एजर्लीलगायत नाकमा हुने संक्रमणले रुघाखोकी र पिनासको सम्भावना बढाउने हो । त्यस्तै, नाकको हड्डी बांगो हुँदा फोहोर पदार्थ वा सिगान जमेर बस्छ र श्वासप्रश्वासमा समस्या भई पिनास हुन सक्छ ।

लक्षण

पिनासको प्रारम्भिक लक्षण नाक बन्द हुने, टाउको दुख्ने र अनुहारको छेउछाउमा दुख्नु हो ।
पिनासको संक्रमण बढ्दै गएमा ज्वरो आउने, जिउ दुख्ने, आँखाको तल्लो भाग दुुख्नेजस्ता लक्षण देखिन्छन् ।
बच्चामा पटक–पटक रुघा लाग्ने र ज्वरो आउने गर्छ । समयमै उपचार गरिएन भने नाकमा मासु पलाउने समस्या हुन सक्छ ।
बिस्तारै संक्रमण फैलिँदै आँखामा पुगेमा पिप जम्ने तथा आँखामा जटिल खालका समस्या देखापर्छन् ।
नाक खुलाउन वा संक्रमण कम गर्न विभिन्न औषधिको प्रयोग तथा नियमित बाफ लिएर पनि पिनास कम गर्न सकिन्छ ।

रोकथाम र उपचार

चिसोको समयमा रुघाखोकीले बढी सताउने हुँदा चिसोबाट बच्नुपर्छ ।
नाकमा एलर्जी हुनबाट जोगिनुपर्छ । भिटामिन सीयुक्त खानेकुरा र प्रशस्त पानीको सेवनबाट पिनासको समस्याबाट बच्न सकिन्छ ।
धुवाँ–धुलोबाट जोगिने, नाकमा समस्या देखिएमा चिकित्सकको सल्लाह लिएर पिनास हुनबाट बच्न सकिन्छ ।
सुरु–सुरुमा एन्टिबायोटिक औषधिको प्रयोगबाट पिनासको उपचार गर्न सकिन्छ । त्यस्तै, नाक खुलाउन वा संक्रमण कम गर्न विभिन्न औषधिको प्रयोग तथा नियमित बाफ लिएर पनि पिनास कम गर्न सकिन्छ ।
पिनास बढ्दै गएमा आँखा, मस्तिष्कमा समस्या हुने भएकाले संक्रमण भएको ठाउँमा शल्यक्रियाबाट समेत उपचार गर्नुपर्ने हुन सक्छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, बैशाख २६, २०८१