‘कास्टिङ काउच’ र ‘न्युडिटी’ बारे बेधडक बोल्ने शर्लिनको सदाबहार सेक्सी अवतार (फोटो फिचर)

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२९ भाद्र २०७७, सोमबार ०५:१३

एजेन्सी । ‘कास्टिङ काउच’ अर्थात फिल्ममा काम पाउने क्रममा हुने महिला कलाकारको यौन शोषण । यो प्रशंग हिरोइनहरुसंग जोडिंदै आएको विषय हो । यस बारेमा जसले जति लुकाए पनि चलचित्र क्षेत्रमा ‘कास्टिङ काउच’ को अस्तित्व अझै पनि छ । प्रसिद्धिको शिखरमा पुगेपछि यस बारेमा खुलेर बाल्ने कमै मात्र अभिनेत्रीहरु हुन्छन । तर भारतीय फिल्मी क्षेत्रकी एक अभिनेत्री शर्लिन चोपडा यस बारे बेधडक खुलेर बोल्ने अभिनेत्रीका रुपमा परिचित छिन ।

यस बारे आफ्नो धारणा राख्ने क्रममा पात्रहरुको स्पष्ट चित्रण नगरे पनि परिस्थितिजन्य विषयका बारेमा अनुभव शेयर गर्न कत्ति पनि हिच्किचाउँदिनन् । फिल्म निर्माताहरुसंग काम माग्न जाँदा डिनरमा भेटौं भन्ने निर्माताहरुको प्रस्तावबाट उनले ‘कास्टिङ काउच’ को अर्थ बुझेकी हुन ।

रातको ११ या १२ बजेको समयमा डिनर खाने प्रस्ताव ‘कास्टिङ काउच’ को कोड भाषा भएको चोपडाले बताइन । फिल्मी क्षेत्रमा आउँदाको सुरुवाती समयमा निकै संघर्ष गरेकी शर्लिन चोपडाले चार पाँच पटक ‘कास्टिङ काउच’ को सामना गर्नुपरेको स्विकारेको भारतीय सञ्चार माध्यमहरुले बताएका छन ।

प्ले ब्याय पत्रिकाका लागि न्युड फोटो सुट गर्ने पहिलो भारतीय अभिनेत्री चोपडाले सन २०१२ मा फोटो सेसन गराएर अधिक चर्चा बटुलिन । उनको न्युड फोटो प्ले ब्वायले २ बर्ष पछि मात्रै प्रकाशित गरेको थियो ।

न्युड फोटो सेसनबाट थुप्रै प्रशंसा र आलोचना दुवैको सामना गर्नु परेको शर्लिनको नग्न तस्विर बारे आफ्नै छुट्टै र अटल धारण छ । उनका अनुसार, “न्युडिटी कला प्रदर्शनीको एक रुप हो । यो कुनै नराम्रो वा खराब बिषय हैन । न्युडिटीलाई अभद्रतासंग जोडेर बुझ्नु पनि हुँदेन ।”

सन २००९ मा बिग बोस सिजन ३ मा सहभागी भएकी शर्लिनले पैसाका लागि यौन कर्म अंगालेको विषय बारे ट्वीट गर्दा ट्वीटरले केही समय उनको ट्वीट हटाएको थियो ।

सन २०१३ मा ईण्डियन टेलिभिजन डेटिङ रियलिटी शो ‘एमटिभी स्प्लिट भिल्ला सिजन ६’ को संचालकको भूमिका निभाएकी शेर्लिनले सन २००५ बाट बलिउडमा कदम राखेकी हुन ।

 

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, बैशाख २६, २०८१