सुनसरी । पुरानो नक्साअनुसार घर नक्सा पास गर्न दबाब दिएपछि नमान्दा इनरुवा नगरपालिकाका निमित प्रमुख प्रशासकीय अधिकृत इन्जिनियर इन्द्रनन्द साहलाई राजापाका नेता राजीव मेहेताले कार्यकक्षमै हातपात गरेका छन् ।
३५ वर्षीय उनी इनरुवा–४ बस्दै आएका छन्। ५७ वर्षीय इन्जिनियर साहमाथि हातपात गरेपछि त्यसको विरोधमा नगरपालिकाका कर्मचारीहरुले मंगलबार ४ घण्टा काम बन्द गरेका थिए।
इनरुवा नगरप्रमुख राजन मेहेताले भने, ‘पुरानो नक्साको आधारमा घर नक्सा पास गराउन राजिवले दबाब दिए। इन्जिनियर साहले नयाँ नक्सा अनुसार त्यसको मापदण्डमा मात्र नक्सा पास हुने बताएपछि हातपात भएको थियो। अहिले उनी पक्राउ परेका छन्। कर्मचारी काममा फर्केका छन्।’
इन्जिनियर साहले आफूलाई राजिवले आक्रमण गर्दा नगरपालिकाका सहकर्मीहरुले जोगाएर बचेको बताए।
प्रतिक्रिया